Shikhar Insurance
National Life

१०% कर्मचारी हटाउने बोईङको घोषणा, १७ हजारको रोजिराेटि गुम्ने

सिंहदरबार संवाददाता
२०८१ आश्विन २६, शनिबार १०:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । हवाई जहाज निर्माता कम्पनी बोईङले १०% कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

बोईङको यो फैसलाका कारण १७ हजार कर्मचारीको जागिर गुम्नेछ । बोईङको यो फैसला कारण कम्पनीको जहाज उत्पादनमा पनि ढिलाई हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यद्यपि कम्पनी अहिले पनि व्यापार सम्बन्धि कैयौं समस्याहरुबाट गुज्रिरहेको छ ।
बोईङका सिईओ केलि आर्टबर्गले कर्मचारीहरुलाई इमेल गर्दै आफ्नो सहित सबैको जागिर धरापमा रहेको बताएका छन् ।

बोइङले आफ्नो हतियार र सैन्य उपकरणको उत्पादनमा कमि आउने चेतावनी दिईसकेको छ ।
साथै आफ्नो नयाँ जहाज ७७७एक्सको डेलिभरिमा पनि ढिलाइ हुने भन्दै मिति सार्ने प्रक्रिया पनि अघि बढेको बताएको छ । पछिल्लो समय बोईङ कर्मचारी हड्ताल र जहाजको गुणस्तर सम्बन्धि समस्याबाट गुज्रिरहेको छ ।
बोइङले आगामी दिनमा पनि कर्मचारी कटौती जारी रहने बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्