Shikhar Insurance
National Life

दुई महिनामा ७६ हजार घरजग्गा किनबेच, देशभर कहाँ कसरी भैरहेको छ किनबेच ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३०, बुधबार ०८:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आव २०८१/०८२ को दुई महिनामा देशभरका मालपोत कार्यालयहरुले जम्मा ७६ हजार ६ सय ३३ वटा जग्गा लिखत पारित गरेको छ । भूमी व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार गत वर्ष २०८०/०८१ को दुई महिनाको तुलनामा १ हजार ६ सय ८४ अर्थात् २.२४ प्रतिशतले बढी हो ।

गत वर्षको दुई महिनामा देशभरी जम्मा ७४ हजार ९ सय ४९ वटा जग्गा लिखत पारित भएको थियो । तथ्यांक अनुसार घरजग्गा कारोबारको ग्राफ देशभरी नै उकालो लाग्न थालेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२०८१/०८२ को साउन महिनामा मात्रै ४३ हजार ८ सय ३५ वटा जग्गाको लिखित पारित भएको छ भने गत साउनमा ३९ हजार २ सय ६३ वटा जग्गा लिखित पारित गरेको थियो । गत साउनको तुलनामा साउनमा ४ हजार ५७२ वटा बढी जग्गा लिखित पारित भएको हो । त्यसैगरी, चालु आवको भदौमा देशभरका मालपोत कार्यालयहरुले जम्मा ३२ हजार ७ सय ९८ वटा जग्गा लिखत पारित गरेको थियो भने गत भदौमा ३५ हजार ६ सय ८६ वटा जग्गा लिखत पारित गरेको थियो ।

त्यस्तै, २०८१/0८२ को दुई महिनामा देशभरका मालपोत कार्यालयहरुले ७ अर्ब ५९ करोड ४३ लाख ९७ हजार ८ सय ९९ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आव सोही अवधिमा ६ अर्ब ५८ करोड २४ लाख ९१ हजार ३८८ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

गत वर्षको तुलनामा यो वर्ष मालपोत कार्यालयहरुले १ अर्ब १ करोड १९ लाख ६ हजार ५ सय ११ रुपैयाँ अर्थात् १५।३७ प्रतिशतले बढी राजस्व संकलन गरेको हो । चालुको आवको साउन महिनामा मात्रै ४ अर्ब २० करोड २९ लाख ११ हजार ९५ रुपैयाँ राजस्व उठाएको थियो भने गत साउनमा ३ अर्ब २१ करोड २९ लाख ९९ हजार ४१ रुपैयाँ राजस्न संकलन गरेको थियो ।

त्यस्तै, भदौ महिनामा ३ अर्ब ३९ करोड १४ लाख ८६ हजार ८०४ रुपैयाँ राजस्व उठाएको थियो भने गत भदौमा मालपोत कम्पनीहरुले ३ अर्ब ३६ करोड ९४ लाख ९२ हजार ४१ रुपैयाँ संकलन गरेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्