Shikhar Insurance
National Life

‘हिमालयन रि विश्व बजारको उत्कृष्ठ ब्राण्ड बन्दैछ, रिटर्नको चिन्ता गर्नै पर्दैन’

सिंहदरबार संवाददाता
२०८१ आश्विन २८, सोमबार ०७:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको बीमा क्षेत्रकै पहिलो महिला सीईओ हुन उपासना पौडेल । तत्कालिन युनाईटेड इन्स्योरेन्सको सीईओ बनेर पौडेलले बीमा कम्पनीको पहिलो महिला सीईओका रुपमा रेकर्ड राखेकी थिइन् । २०७९ मंसिरमा हिमालयन रिमो डेपुटी सीईओको जिम्मेवारी लिएकी पौडेलले २०८० असोजमा सीईओ नियुक्त भएकी हुन् ।

निजी क्षेत्रको लगानीमा स्थापना भएको आक्रामक व्यवसाय विस्तार गरिरहेको हिमालयन रिको नेतृत्व गरिरहेकी उनै पौडेलसँग ‘इन्स्योरेन्स टक’ले गरेको कुराकानीको संक्षेप:

Citizen Life
Kumar Bank
Prabhu Insurance

तपाइँ इन्डियामा मल्टी नेसनल कम्पनीको उच्च पदमा काम गर्नुभयो, नेपाल आउनुभयो, इन्स्योरेन्स कम्पनीमा पहिलो महिला सीईओ बन्ने अवसर पनि पाउनुभयो, सँगसँगै बीमाको पनि बीमा गर्ने पुनर्बीमा कम्पनीमा पनि पहिलो महिला सीईओको रुपमा रहनुभएको छ, यो सफर कसरी सम्भव भयो ?

लक्ष्य यो हो भनेर सोचेको त होइन, आफ्नो काम, कर्तव्य पूरा गर्दै गएको हो । ‘श्रीकृष्ण भन्छन् नि तुँ कर्म कर्ता जा, फल की इच्छा मत कर’ भन्याजस्तै कर्म गर्दै गएको हो। त्यो कर्मले जता डोर्याउँदै लग्यो, त्यतै गएर सफल भएको हो। कामले जता लगेको हो, उतै जाँदा सफर सम्भव भएको हो । इन्स्योरेन्स कम्पनीमा सफर सुरु भएपछि कर्म गर्दै जाँदा फल पाएको हो भन्ने मलाई लाग्छ।

पहिलो हुनु आफैँमा एउटा मानक हो तर एउटा छोरी, एउटा बुहारी, एउटा आमा, एउटा श्रीमती सँगसँगै एउटा अफिसको बोस, बडो इन्ट्रेस्ट्रिङ इभेन्ट आउँछ है यो बीचमा ?

इन्ट्रेस्ट्रिङ त सबै इभेन्टमा आइहाल्छ नि । केटाको हकमा पनि त्यही हो नि । उनीहरु श्रीमान, ज्वाइँ अनि अफिसको बोस भयो। यो सामान जर्नी हो।

भनेको यो प्रिभिलेजको इस्यु होइन ?

कुनै पनि चिजलाई मैले कठिन भनेर हेर्दिन । मैले हेर्ने भनेको एउटा नयाँ अवसरका रुपमा हो । जहाँ दु:ख हुन्छ त्यहाँ अवसर पनि हुन्छ, त्यसलाई कसरी मोडेर लाने भन्ने मात्रै हो । अनि प्रतिस्पर्धा म आफैसँग गर्छु, अरुको खुट्टा तानेर आफू अगाडि बढौँ भन्ने मसँग चाहना छैन । सफल नभएको कम्पनीलाई १८ औँबाट छैटौँमा लग्न सफल भएँ। म पहिला ननलाइफ इन्स्योरेन्सको सीईओ थिएँ । चुनौती पनि छ तर अवसर पनि छ। घरबाट पनि सपोर्ट नभए कोही सफल हुँदैन। चाहे त्यो पुरुष होस् वा महिला। त्यही भएर त्यो घरको पनि सफर छँदैछ। मेरो छोरी छ। ऊ ५ वर्षकी भई। मैले युनाइटेडको सफर सुरु गर्दा ऊ २ महिनाकी थिई । घरबाट सपोर्ट छ। मेरो बुवा–आमाले पूर्ण रुपमा हेर्दिनुहुन्छ। त्यो कारणले मलाई त्यसमा कुनै चुनौती आएन ।

१८ बाट अहिलेसम्म युनाइटेडको यात्रा सक्सेस स्टोरीमा, अब तपाइँ दोस्रो आएको कम्पनीको लिडरसीप लिइरहनुभएको छ, यसको सफर चाहिँ कहाँ पुर्याउने सोच्नुभएको छ ?

यसको सफर भनेको यस्तो छ । नेपाल मार्केट हाम्रो डोमेस्टिक मार्केट एउटा बाईजब भन्दा अगाडि बढ्दैन । हाम्रो क्यापिटल इमेन्ट्स छ, क्यापिटल पम्पिकन हजार करोड, दुई हजार करोडको कम्पनी पुग्नेवाला भनेपछि यो मार्केटमा सस्टेन गरेर हाम्रो चाहना भनेको यसलाई इन्टरनेसनल मार्केटमा लैजाने हो किनभने कम्पनी खोलेकै त्यही कारणले हो नि । पुनर्बीमा भनेको एउटा ठाउँमा बसेर गर्ने होइन, हामी एएम बेस्टबाट रेटेड नेपालमा पहिलो कम्पनी हो । त्यो कम्पनीले पनि हामीलाई रेटिङ पनि दुई वर्षमा बी स्टेबलबाट बी प्लस गरिदिएको छ । हाम्रो परफर्मेन्सका कारण हामीलाई अपग्रेड गरिदिएको हो । त्यसैले हाम्रो चाहना भनेको नेपाललाई विश्वव्यापी रुपमा सहभागी गराऔँ र विश्वव्यापी बिजनेसलाई नेपालमा ल्याऔँ भन्ने हो । त्यसले गर्दा आफ्नो जाने वैदेशिक मुद्रा रोकिन्छ रिइन्स्योरेन्सले र बाहिरबाट पनि राम्रो प्रतिफल आइरहन्छ । अहिलेसम्म हामीले ३२ देशमा काम गरिसकेका छौँ । अब हाम्रो चाहना भनेको ठूला ठूला रिइन्स्योरेन्सहरुको प्यानलमा आउने जुन चाहिँ हिमालयन रिइन्स्योरेन्सले गर्न थालिसकेको छ । धेरै मार्केटमा हाम्रो रेटिङ अपग्रेड भइसकेपछि हामीले राम्रो बिजनेस लिइसकेका छौँ ।

यति सानो पोजिसन बढाउने भनिएको छ तर यति सानो पुँजी बोकेर हामी नेपाली कम्पनी हौँ, कन्टेरेक्टिङ नै छैन, हामी तिमीहरुसँग बिजनेस गर्छौं, सहकार्य गरौँ भनेर जाँदा अप्ठ्यारो हुँदैन ?

हाम्रो पुँजी सबैभन्दा धेरै छ नि ।

फेरि पनि सफिसियन्ट त नहोला ?

यस्तो हो । रिइन्स्योरेन्समा हामीले रेट्रोसेसन गरिहाल्छौँ, हामीले कुनै पनि रिइन्स्योरेन्स हेर्नुस्, स्विस रि, म्युनिक रि कुनै पनि संसारको ठूलो रि इन्स्योरर, सबैजना आफ्नो पुँजीमा सब्सटेन्ट गर्ने होइन नि । रेट्रो कभर हुन्छ विश्वव्यापी एक्सचेन्ज । हाम्रो पुँजी यति क्यापेबल छ कि, एसियन मार्केटमा जानुस् नेपालको जस्तो पुँजी कुनै पनि कम्पनीको छैन । हाम्रो पुँजी हेरेर त अन्तर्राष्ट्रिय मार्केटमा छक्क पर्छन् मानिसहरु र त्यो पुँजीले होला हामी इन्डियाको ठूलो कम्पनी जीआईसीको रेट्रो प्यानलमा छौँ । इन्डियाको सबैभन्दा ठूलो कम्पनी जसले अरुको रेट्रो गर्छ, उसले पनि हामीलाई उहाँहरुको रेट्रो गर्न दिएको छ । भनेपछि पुँजी पनि कहीँ ल्याक गरेको छैन, हाम्रो रेटिङ पनि कहीँ ल्याक गरेको छैन र कम्पनीको जुन एस्पेरेसन छ त्यो अगाडि मात्र बढ्दै गरेको छ ।

तपाइँहरुले हेर्दा देशभित्रको व्यापारलाई प्राथमिकतामा राखेर बाहिर बिजनेस पठाउने अर्थात डलर बाहिर जानबाट रोकिन्छ वा बाहिरको बिजनेस नेपालमा ल्याउने तपाइँका लागि कुन चाहिँ नाफामूलक हुन्छ ?

नाफामूलक त यस्तो हो । नेपालको बिजनेस फाइदामूलक भए पनि नभए पनि हामी यो देशमा बसेका छौँ । हामीले यो देशलाई सहायता गर्नुपर्छ । यो देशलाई अगाडि बढाउनुपर्छ, हामीले ब्यालेन्स बुक बनाउने हो । रिइन्स्योरेन्स भनेको हेर्नुस्, दुबईको मार्केट एकदमै नाफामूलक थियो, अस्ति अकस्मात बाढी आयो, परेको क्लेम तिर्नै पर्छ । यो मार्केट पनि तल माथि हुन्छ क्या । जुन देश मैले लिएँ जस्तै बंगलादेशमा हामी बिजनेस गरिराखेका थियौँ होला, बंगलादेशमा अकस्मात नाफा हुँदै केही समयका लागि । श्रीलंका भयो पछिल्लो वर्ष होइन । त्यो हिसाबले हेर्दा हामी मिक्स हेर्छौं । नेपाल, अन्तर्राष्ट्रिय छुट्याएर हेर्दैनौँ हाम्रो बुक के छ भनेर । हो हामी बिजनेस गर्न बसेका हौँ, सधै नाफा हेरिन्छ तर कहिलेकाहीँ तल माथि पनि हुन्छ रिइन्स्योरेन्समा ।

तपाइँले अहिले हामीलाई काम गर्नका लागि देशमा वा विदेशमा बिजनेस गर्नका लागि क्यापिटलको समस्या छैन, यो नै सफिसेन्ट छ भन्नुभयो, रेगुलेटरले एउटा क्यापिटलको क्याप तोकिदिएको छ यो समयमा त्यहाँ पुग्नु भनेर । त्यो समयावधि भित्र कसरी पुर्याउँदै हुनुहुन्छ ?

त्यो समय भित्र पुर्‍याउन हामीले आफ्नो तर्फको कार्य गरिसक्यौँ । अब अलिकति रेगुलेटर नियम निकायले जे गर्नुपर्ने, जताबाट हेर्नुपर्ने त्यो एक्सपेक्टहरु बाँकी छ । उहाँहरुले पनि आफ्नो इभ्यालुएसन गर्दै हुनुहुन्छ । हाम्रो प्रोपोजल मात्रै भएर भएन नि । हामी सही छौँ छैन भनेर रेगलेट्री बोर्डहरुले हेर्नुपर्यो । त्यो सन्दर्भमा उहाँहरुले इभ्यालुएट गर्दै हुनुहुन्छ, त्यो सहकार्य सँगै भइसकेपछि हामी छिट्टै पुर्याउँछौँ ।

भनेको तपाइँहरुले आफ्नो पार्टको जे जिम्मेवारी हो त्यो सम्पन्न गरेर रेगुलेटरी ठाउँमा पुगिसक्नुभएको छ ?

यस्तो भन्नु पर्यो । एउटा कम्पनीलाई पुर्याउँ भनेपछि त्यो त जिम्मा दिएको हो । रेगुलेटरी ठाउँमा पुग्यो भने पनि त्यो रेगुलेटरीसँग समन्वय गरेर काम गर्ने हाम्रो पनि जिम्मा हो नि । भनेपछि हिमालयन रिले मात्रै आफ्नो काम गर्यो, छोड्यो, सकियो भन्न मिल्दैन । हामी त्यो सहकार्यमा चलिराखेका छौँ ।

जुन समयमा जे गर्नु भनेको हो क्यापिटल प्लानको हिसाबले त्यो समय भित्र प्यान बुझाइएको छ ?

प्लान बुझाइएको छ तर प्लान चित्त बुझाउनु पर्यो । प्लानको डिसकसन गर्नु पर्यो । त्यो समन्वय सहकार्य भइराखेको छ भने ।

बजारमा हल्ला चलिरहेको छ, दुइटा रिइन्स्योरेन्स कम्पनीहरु मर्जरमा जान्छन् कि क्या हो अझ बलियो भएर पोजेटिभ एक्सपेक्टबाट हेर्ने हो भन्ने पनि रहेछ नि ?

मर्जरमा गयो भने राम्रो होला दुईवटै कम्पनीका लागि तर त्यस्तो हामीले अहिलेसम्म सोचेका छैनौँ ।

त्यस्तो चाहिँ छैन ?

मलाई चाहिँ थाहा छैन ।

तपाइँहरु लगानीकर्तालाई उचित प्रतिफल दिनुपर्छ आर्थिक वर्षको अन्तमा, त्यसका लागि कम्पनीले उठाएको रकम जो जोखिम बोक्नुहुन्छ त्यसलाई ठीक ढंगले इन्भेस्टमेन्ट गर्नु पर्यो । आजकल इन्भेस्टमेन्टमा अलिअलि एग्रेसिभ जस्तो देखिनुहुन्छ विभिन्न ठाउँमा लगानी गरिरहनुभएको छ, नयाँ एभेन्यू कहाँ कहाँ खोजिरहनुभएको छ ?

प्रतिफल दिनुपर्छ भन्ने चाहिँ लक्ष्य नै हो किनभने कुनै पनि बिजनेस स्टाब्लिस गर्यो भने आउट कम त प्रोफिट हुनै पर्यो । अहिले हामीले नयाँ एभेन्यूज खोजेर इन्भेस्ट गरिराखेका छौँ, जुन चाहिँ हामीलाई हायर प्रोफिटेबल एक्सपेक्टमा प्रतिफल पाउँ भनेर ।

तपाइँहरुले बिजनेसको प्लान गर्दा, प्रोफिट मोटिफबाट हेर्दा चाहिँ अन्डर राइटिङबाट जो पैसा लिन्छौँ, पठाउँछौँ, त्यहाँ चाहिँ क्लेम नपर्दा हुने नाफा प्लस इन्भेस्टमेन्टको प्रोफिटलाई कसरी ब्यालेन्स गर्नुहुन्छ ?

हामी एकदम टपलाइन फोकस कम्पनी हौँ, हामीलाई टपलाइन चाहिन्छ तर हाम्रो मेजर मोटिभ भनेको बटम लाइन भनेको प्रोफिट हो । फेरि प्रोफिट पनि सब्स्ट्यानचुयल चाहिन्छ किनकि भोलुम नभई बिजनेस नभई सब्स्ट्यानचुयल प्रोफिट आउँदैन । त्यसलाई दुई पार्टमा हामी यसरी इन्भेस्टमेन्ट र अन्डर राइटिङ भनेर छुट्याएर हेर्दैनौँ तर हो अन्डर राइटिङको एउटा फरक पारामिटरबाट हेर्छौं । जस्तै हामीले एउटा नयाँ टिम बनाएका छौँ, जुन इन्टरनेसनल रिइन्स्योरेन्सले हामीलाई हेरेर छक्क पर्छन् । रिक्स म्यानेजमेन्ट टिम छ हाम्रो । अहिले अन्डर राइट गर्नु अगाडि हामीसँग कुनै रिस्क छ भने हामीले जीआईएस सिस्टम प्रयोग गरेर लाइभ हेर्न मिल्छ । जस्तै नेपालको सन्दर्भमा हाइड्रो भनौँ । हामीले अधिकांश हाइड्रोहरु भिजिट गरेका छौँ, कुन हाइड्रो कति मेगावाट, कुन ग्लासिएरको इम्प्याक्ट आउँछ त्यो हाइड्रोमा, कुन क्षेत्रमा पर्छ, हामीले कति रिस्क लिने नलिने, मेरो एक्युमुलेसन कति हुन्छ भनेर सबै चिज एउटा टिम बनायौँ । त्यसपछि क्लेम पर्यो भने त्यही टिमले त्यो ठीक छ छैन असिस्मेन्ट पनि गर्ने क्यापेबिलिटी छ । त्यो टिम चाहिँ धेरै कम्पनीहरुमा छैन । बाहिर पनि इन्टरनेसनली छैन र यो मेजर मोटिभ के थियो भने राइट अन्डर राइटिङ गरौँ किनकि हामीले नोक्सानी नदेखेको होइन । नेपालमा रिइस्योरेन्सलाई आउने भनेकै हाइड्रो नै हो, अहिले हाइली रिस्की सेगमेन्टमै पर्छ । निश्चित ट्यारिफका कारण हाम्रो म्याच हुँदैन । इन्टरनेसनल मार्केटको रेटिङ म्याच हुँदैन । हामीले कभर लिँदा पनि अलिकति सोचेर लिनुपर्छ, क्लेम तिर्नुपर्यो नि आखिर । सकेसम्म हामी यस्तो बिजनेस अन्डर राइट गर्दैनौँ जुन नोक्सानमा जान्छ नै भन्ने हामीलाई थाहा हुन्छ ।

तर, रेगुलेटरले तपाइँलाई जसलाई विदेशमा बिजनेस दिनुहुन्छ उनीहरुको रेटिङको क्याप तोकिदिएको छ । यहाँ तपाइँहरुलाई जसले बिजनेस दिनुपर्ने हो, हाइड्रो पावर कम्पनी या अरु कन्स्ट्रक्सनसँग सम्बन्धित कम्पनीहरु चाहिँ यो ट्यारिफ धेरै भनिरहनुभएको छ । यदाकदा विदेशीहरुले चाहिँ तिमीहरुको यो ट्यारिफमा यो रिस्क बोक्नै सक्दैनौँ भनेको अवस्था नि छ क्यारे ?

ट्यारिफ धेरै भयो भनेर हामीले हाम्रो पहिलाको मार्केट हेर्यौँ । जुन चाहिँ हाम्रो हाइड्रोमा रिस्क थिएन । हामीलाई गत वर्ष जस्तै बाढीबाट नोक्सान भएको थिएन । त्यसपछि हाम्रो डी ट्यारिफ मार्केट थियो, हामी रेटिङ प्रतिस्पर्धामा जान्थ्यौँ, हामीले प्लेसमेन्ट कहाँ गर्यौँ भनेर हेर्नुपर्यो क्या । जस्तो हामीले डिल गर्ने विदेशी कम्पनी भनेको ए रेटेड या हामी जस्तो बी प्लस रेटेड भए जुन चाहिँ कन्ट्री रेटिङका कारण सफर गरेका हुन्छन् नि । हामी ए जस्तै गुड हौँ, हामीलाई रेटिङ गर्दा त्यही भन्छ । हामी ब्यालेन्स सिट स्ट्रङ भएको कम्पनीसँग मात्रै काम गर्छौं, अहिले पनि मार्केटमा यो रेटमा बाहिर गएर प्लेस नभएको होइन तर कहाँ प्लेस भयो भन्ने हामीलाई थाहा छैन । कति त हामीले अब ब्रोकर प्लेसमेन्ट हेरेर यसले हामीलाई यति कमिसन दियो, यहाँ प्लेस गर्यो तर हामीलाई के थाहा नन रेरेटमा गरिरहेका छौँ कि । के थाहा त्यो ब्रोकरले हाम्रो प्लेसमेन्ट नै गरिरहेको छैन कि, पैसा आफूसँग राखिराखेको छ, जब क्लेम आउँछ त्यसपछि प्रिमियम तिरिदिन्छ कि रि इन्स्योररहरुलाई । हामीले हाम्रो मार्केटसँग हेरेर हामीले रेट बढी भयो भन्छ तर इन्टरनेसनली हेर्ने हो भने यो रेट एकदमै मिनीस्केल हो हाइड्रो रिस्कलाई । कुनै पनि कन्ट्री लिनुस्, इन्डिया, भुटानको रेट हाम्रोभन्दा बढी छ तर पनि हामी बाहिरको मार्केटसँग काम गर्छौं नि ।

त्यसकारण तपाइँहरुलाई गाह्रो भयो कि यता जसले बीमा गराउँछ, पुनर्बीमा शुल्क तिर्छ तिनीहरुले चाहिँ रेट धेरै भयो यो घटाउनु पर्यो भनेर आन्दोलन, धर्ना दिइरहेको अवस्थ, रेगुलेटरको रेटिङ क्याप प्लस यहाँको जोखिम सबै हेर्दा त तपाइँहरुलाई गाह्रो भयो कि क्या हो ?

त्यस्तो गाह्रो चाहिँ भएको छैन बिजनेस गर्न । प्रोफिट पनि यसपालि ९९ प्रतिशतले बढेको छ हाम्रो । त्यस्तो गाह्रो भएको होइन तर अलि हामी क्लेम छिटो तिर्न चाहन्छौँ । हामीले जे राइट गर्छौं त्यो हामी फुल कभर दिउँ भनेर हामीले त्यसलाई लिमिट गरेका हौँ ।

तपाइँहरुले विदेश बिजनेस पठाउँदा यहाँको बिजनेस लिएर तपाइँसँग लिएको जोखिम अरु कम्पनीमा ट्रान्सफर गर्दा एक अर्बको प्रोजेक्टको मैले बिजनेस लिए भन्दा तपाईहरुले कति वटा कम्पनीमा बाहिर फ्लोड गर्नुहुन्छ ?

त्यस्तो ट्रान्सफर धेरै गर्दैनौँ, हाम्रो एउटा रेट्रो सेसन प्रोटेक्सन छ जसले हामीलाई प्रोटेक्ट गर्छ । हाम्रो उद्देश्य भनेको वैदेशिक मुद्रा बाहिर नजाओस् । रिइन्स्योरेन्स कम्पनी आएपछि पनि मैले बाहिर पठाउन थाल्यो भने त्यो रिइन्स्योरेन्स कम्पनी दुईवटा हुनुको प्रोस्पेक्टिभ नै मिट भएन नि । बरु हामी प्योर कम्पिटेसनसँग समन्वय गर्न सक्छौँ, मलाई मात्र होइन, उहाँलाई पनि शेयर लिस्ट शेयर गरेर अलिकति बढाएर कुरा गरेर । हाम्रो उद्देश्य भनेको नेपाल भित्रै पैसा राख्ने हो । त्यो पैसा बाहिर पठाउने मैले काम गर्न थालेको भए त सबै हाइडो पावर लिएर बाहिर मैले प्लेस गरिदिए भइहाल्यो नि । तर होइन हाम्रो भनेको वैदेशिक मुद्रा कम भन्दा कम आउट फ्लो होस् भनेर हाम्रो कभर छ, त्यो कभरमा सफिसेन्ट हुने काम गर्छौं । हामी रेगुलेट्री ब्रिज केही गर्दैनौँ त्यो बाहेक । त्यसपछि हाम्रो उद्देश्य भनेको इन्टरनेसनल मार्केटबाट चाहिँ बढी बिजनेस ल्याउने हो ।

कति ल्याउनुभयो अहिलेसम्म ?

हामीले गत वर्ष एकदम राम्रो गर्यौं । हामीले इन्टरनेसनल मार्केट खोलेको जनवरीमा, हाम्रो रेटिङ पनि अपग्रेड भएको त्यतिखेर, इन्डियामा पनि काम गर्न लाइसेन्स पायौँ । गत वर्ष हामीले २० करोड गरेका थियौँ भने यो वर्ष १०० करोड माथि गर्यौँ । अझ हाम्रो रेटिङ अलिकति बलियो र रेटिङ भन्दा पनि कुनै ठाउँमा हामीलाई क्यापिङ हुन्छ, यो भन्दा बढी गर्नु पाउँदैन भनेर । यदि त्यो क्यापिङ खुलेको भए ५०० करोड भनेको चाहिँ नो ग्रेनर तर प्रोफिटेबल बिजनेस है फेरि । लेख्ने नै भएको भए त हामीलाई गत वर्ष १००० वटा रिस्कमा जम्मा हामी २० वटा लेख्छौँ । हामी त्यसरी सेलेक्टेड छौँ । तर यो पालि चाहिँ हामीले १००० वटामा सय वटा जति लेख्यौँ होला तर त्यो १००० वटा पनि कस्तो आयो भने त्यो गत वर्षदेखि फिल्टर हुँदै गयो नि त । ए हिमालयन रि त राम्रो कम्पनी रहेछ, कम रेटिङ हुँदा पनि जे पायो त्यही लेख्दैन भनेर हामीलाई आउने पनि राम्रो राम्रो रिस्क आउन थाले । हाम्रो एउटा ब्रान्ड भ्यालू बाहिरको मार्केटमा अलि स्टाब्लिस भइसकेको छ ।

तर, विगतको अभ्यास हेर्दा तपाइँको प्रतिस्पर्धी पनि हो विदेशबाट ह्वारह्वार्ती बिजनेस, इन्टरनेसनल इक्सपोजर ल्याइयो भन्ने थियो तर पछि गार्भेज बिजनेस उठाएको हुनाले धेरै पैसा तिरेको र अन्तिममा कम्पनी नोक्सानीमा गयो भन्ने अवस्था थियो नि ?

हामी त्यस्तो गर्दैनौँ । हाम्रो त हिस्ट्री के छ भन्ने हामी कमै गरेर बसेको हो । मार्केट खुलेपछि हामीलाई अहिले पनि अफर आउँछ लिनुस् भनेर । इन्टरनेसनल एक्सपोजर बढ्दै गएपछि मान्छेहरु पनि चिनिन्छ, कतिले गार्भेज डम्प पनि गर्न खोज्छ तर गार्भेज वी से नो ।

स्क्रिनिङ गर्ने गतिलै मेकानिजम बनाइसक्नु भएछ ?

हाम्रो रिस्क म्यानेजमेन्ट टिम छ, अन्डर राइटिङ छ, इन्टरनेसनल स्क्रिनिङ पनि हामी समन्वय गर्दैछौँ कि अहिले हामीले इन्टरनेसनल सफ्टवेयर ल्याएर काम गर्यौँ, जुन सफ्टवेयरले हामीलाई नासा भनौँ या अरु स्याटलाइट छ उनीहरुले टाईअप गरेको । त्यसैले यहाँ बसेपछि मैले फिलिपिन्सको कुनै रिस्क हेरें भने लिन पाउँ, यहाँ बसेर लिने नलिने इभ्यालुएट गर्न पाउँ भनेर हामीले त्यस्तो किसिमको सिस्टम पनि डेभलप गर्दैछौँ । तर हाम्रो ब्रान्ड भ्यालू बढिसकेको छ क्या । कस्तो भने हिमालयन रिले यो लिँदैन भनेर अहिले बिजनेस पनि राम्रो आउन थाल्यो । राम्रो बिजनेसमा राम्रो पार्टिसिपेसन किन नगर्ने रु अनि इन्डिया मार्केट खुलेपछि जीआईसीले हामीलाई रेट्रो प्यानलमा यतिकै त लिँदैन नि, उहाँहरुको रेट्रो प्रोटेक्सन हामी गर्छौं भने निश्चित प्रतिशत हामीलाई दिनुभएको छ यस वर्ष भने अलिकति हाम्रो भ्यालू स्टाब्लिस भइसकेको छ त्यो मार्केटमा ।

इन्डियामा गइहाल्नु भयो, तपाइँहरु त्यहाँ बिजनेस गर्ने लाइसेन्स उहाँहरुको टर्मिनोलोजीमा त्योबाहेक अन्त कहाँ कहाँ प्रत्यक्ष उपस्थित हुने भन्ने छ भविष्यमा ?

हामी ३२ देशमा राइट गर्छौं । हामीलाई अभर त सयौँ देशबाट आयो होला । इन्डिया, भुटान, भियतनाम, फिलिपिन्स, जिम्बाबे लगायतका देशमा हाम्रो एरिया र सहभागिता बढिसक्यो । अहिले हाम्रो एस्पिरेसन भनेको अझ इन्टरनेसनल मार्केटमा अझ राम्रो खाले बिजनेसलाई नेपाल भित्र्याउने हो ।

नेपालका पुनर्बीमाहरुले बिजनेस बाहिर पठाउँदा पनि अफ्रिकन देशतिर अलि बढी केन्द्रित भइरहेको देखिन्छ, ल्याउँदा पनि त्यतैको धेरै ल्याउँछन् भन्ने छ, त्यस्तो त होइन रहेछ ?

हाम्रो त त्यस्तो धेरै छैन तर अफ्रिकन बिजनेस पनि नराम्रो छैन नि । नेपालको पुनर्बीमा गर्दा नन रेटेड कम्पनीमा गर्नु भन्दा त्यो अफ्रिका होस् या ल्याटिन अमेरिका होस्, ल्याटिन अमेरिकामा पनि ए रेटेड कम्पनी छन्, ब्यालेन्स सि, हेर्दा थाहा हुन्छ नि क्लेम तिर्छ कि तिर्दैन भनेर । त्यहाँ प्लेस गर्नुभयो भने फरक हो तर सबै अफ्रिकन कम्पनी खराब छैनन् । अफ्रिकन देशको राम्रो राम्रो कम्पनीहरु छन्, प्रोफिटेबल छ त त्यो बुक, त्यस्तो बुक लेख्न मिल्यो नि, त्यो इभ्यालुएट गर्ने हो नि आफूले । अब यस्तो हो, रिइन्स्योरेन्स भनेको भोलि केही पर्दैन भन्ने होइन, आज स्विज रिले पनि नोक्सान देखिरहेको छ नि मार्केटमा । त्यस्तो केही पर्यो भने हामीले पनि केही हेर्नु पर्छ तर हाम्रो जति क्यापाबिलिटी छ, जति स्ट्रेन्थ छ, त्यो हिसाबले हामी फाइदा नै हुन्छ ।

तपाइँहरु फेरि कट अफ प्राइसमा बिजनेस ल्याउनुहुन्छ भने त्यो वर्ष क्रस भइसकेपछि त ब्यालेन्स सिटमा एक्युमुलेट भइहाल्ने भयो नी होइन् ?

अब त्यो चाहिँ रोल ओभर हुन्छ । जस्तै बाहिरको बिजनेस भनेको मैले कति लेखें भन्ने हुन्छ, त्यो पैसा आउँछ तर कसैको जनवरी रिन्युअल होला, कसैको अप्रिलमा लेखिएला, हाम्रो पो जुलाईमा क्लोज हुन्छ । त्यसैले त्यो हाम्रो रोलिङ बिजनेस हुन्छ । रिटर्न बिजनेस र बुक बिजनेस भनेर हेर्छौ हामी त्यसलाई । बुक्ड कम देखिएला यस पालि ब्यालेन्स सिटमा, अर्को वर्ष फेरि त्यही रोल ओभर देखिन्छ । अर्को वर्ष ल्याएको बिजनेस अर्कै वर्षको हुन्छ तर रिटर्न चाहिँ त्यति गर्यौँ जुन चाहिँ ग्यारेन्टेड आम्दानी हो कम्पनीका लागि ।

नेपालमा पुनर्बीमा कम्पनीहरु पहिला आउँदा, दोस्रो कम्पनीको रुपमा तपाइँको कम्पनी पनि आउँदा निकै ठूलो अपेक्षा थियो, एक खालको प्रचार थियो, त्यो आफैमा ब्रान्डिङ थियो तपाईहरुका लागि । तर नागरिकले पुनर्बीमा के हो उनीहरुलाई प्रत्यक्ष सरोकार नभएको जस्तो देखिन्छ तर तपाइँले स्पष्ट भाषामा भन्नुस त पुनर्बीमा जो काम तपाई र तपाइँले नेतृत्व गरिरहेको कम्पनीले गरिरहेको छ त्यो चाहिँ बीमा गर्ने मान्छेको हितमा कसरी जोडिन्छ, उहाँहरुको प्रतिनिधित्व तपाइँ कहाँ आइपुग्दा कसरी हुन्छ ?

एकदम सरल तरिकाले भन्छु म । एउटा गाडीको उदाहरण लिउँ । एउटा कम्पनीले तपाइँसँग गाडीको व्यापार गर्यो रे, उसले एक्युमुलेटेड रिस्क हजार वटा गाडी लियो, हजार वटा गाडीको रिस्क त ठूलो हुन्छ । हजार वटा गाडीले लेखिहाल्छ एउटा कम्पनीले । त्यो गाडीको चाहिँ हजार वटा गाडीलाई कुनै फ्लड आयो, त्यो बल्क डिल चाहिँ जुन हुन्छ त्यो उहाँहरुले त्यो हजार वटा गाडीको कभर चाहिँ रि इन्स्यारेन्समा गरेर राख्नुहुन्छ । यदि केही जोखिम आउने काम भयो, जोखिम आयो भने त्यो अवस्थामा सबै रिस्क त उहाँहरुको क्यापिटलले तिरिदैन । हाम्रो पनि रि इन्स्योररको रेट्रो सेसन हुन्छ । तर, त्यो हजार वटा गाडी इम्प्याक्ट भयो के गर्ने भन्दा अनि रिइन्स्योरेन्सको रोल प्ले हुन्छ । भनेपछि हामीले चाहिँ इन्स्योरेन्सको कम्पनीहरुको इन्स्योरेन्स गर्छौं । सरल भाषामा उहाँहरुले गरेको चिज अब कसरी गर्छौं त्यो सेगमेन्टेट वेमा फरक हुन्छ ।

नागरिकलाई बुझाउन गाह्रो हुन्छ ?

बुझाउन सजिलो छ एउटा क्लास बनायो भने एजुकेसन सेसन गर्न सकिएला तर सरल भाषामा बुझ्ने चाहिँ इन्स्योरेन्स कम्पनीलाई कभर दिने रिइन्स्योरेन्स भयो ।

जसरी नागरिकले आफ्नो जोखिम बिमा कम्पनीमा ट्रान्सफर गर्नुहुन्छ, उहाँले ट्रान्सफर गरेको जोखिम तपाइँहरु कहाँ आएपछि कम्पनीहरु ढुक्क भए ?

हो निश्चित रुपमा । हामीले पनि हाम्रो जोखिम हामीसँग राख्यौँ भने वल्डवाइड जति रि इन्स्योरर छ उनीहरुले पनि आफ्नो जोखिम शेयर गर्छन् एकअर्कासँग, त्यसलाई रेट्रो सेसन भनिन्छ । तर, त्यो चाहिँ डाइरेक्ट्ली अब फेरि कुरा गर्दा खेरि ओभर हेड रेट्रो सेसन गरेर पैसा गयो भने कुरा होला, त्यो हुँदैन । त्यो अर्कै फरक स्ट्रक्चरमा हुन्छ, हायर भोलुम हामीले राखेका हुन्छौँ त्यसको पनि लेयरिङ हुन्छ । त्यसैले इन्स्योरेन्स इन्स्योरेन्सको इन्स्योरेन्स चाहिँ रिइन्स्योरेन्स, रिइन्स्योरेन्सको इन्स्योरेन्स रेट्रो सेसन हो ।

त्यति गरिसकेपछि प्रारम्भमा बीमा गर्नका लागि प्रिमियम तिरेका मान्छेहरु ढुक्क भए ?

ढुक्क नै हुने हो ।

तपाइँहरुको बीमा कम्पनीहरुसँग क्लेम सेटेलमेन्टमा डिस्पुट(विवाद) आउँदा कसरी मेनेज गर्नुहुन्छ ?

डिस्पुटेबल सिचुएसन अहिलेसम्म आएको छैन । इन्टरनेसनल मार्केटमा किनकि हामी मेजर राइट गरेको छैन । फलो द फोर्चुन फलो द लिडर भनेर त्यहाँ हामीले त्यसरी सेटल गरिरहेका छौँ । तर, डकुमेन्टहरु स्क्रिन गर्छौं चित्त नबुझेको हामी मगाउँछौँ । डोमेस्टिक मार्केटमा त्यस्तो डिस्पुट भनेर अहिलेसम्म आएको छैन ।

फ्रड क्लेम सेटलमेन्टको प्रोसेसलाई रोक्नका लागि तपाइँहरुको स्क्रिनिङ मेकानिजमले अलिअलि काम गर्नुपर्ला है ?

हाम्रो स्क्रिनिङ मेकानिजमले काम गर्छ तर त्यस्तो फ्रड क्लेम भनेर हाम्रो यत्रो ठूलो कम्पनीहरु हुनुहुन्छ, त्यस्तो फ्रड क्लेम भनेर त्यसरी पठाउनु भएको छैन ।

यो चाहिँ सस्पेक्टेड छ है भन्ने लाग्दैन ? जस्तो बीमा गरेपछि आफ्नै मान्छेहरुले आफ्नाहरुको हत्या गरेको बेला बेलामा नेपालमै आइरहेको हुन्छ । त्यस्तो ठाउँमा चाहिँ तपाइँहरु यो शंकास्पद छ भनेर हेर्ने अथवा कहिले कहिले त कम्पनीका मान्छेहरु इन्भल्भ भएका घटनाक्रमहरु पनि देखिन थाले, त्यस्तोमा तपाइँहरुले कस्तो फङ्सन गर्नुहुन्छ ?

एउटा दुइटा केस आए पनि हामी कम्पनीसँग कुरा गर्छौं । हामी क्लाइन्टसँग प्रत्यक्ष कुरा गर्दैनौँ । क्लाइन्टसँग कुरा गरेर त्यो सट आउट हुन्छ क्या । या त उनीहरुले हामीलाई विश्वास दिलाउँछ या त हामी उनीहरुलाई विश्वस्त बनाउँछौँ । त्यस्तो डिस्पुट भनेर चाहिँ भएको छैन । तपाइँले सानो सानो क्लेमको कुरा गर्नुभएको होला, हामी कहाँ आउने ठूलो ठूलो क्लेम हो । यसमा ठूलो फ्रड त हुँदैन, फ्रड लस भएकै छ, लस देखिएकै छ । हो, पैसामा डिस्पुट होला, निश्चित क्राइटेरिया पुगेको नहोला, त्यो कुरा कम्पनीले बुझेर अगाडि बढिरहेको छ ।

सर्भेयरहरुको भूमिका यहाँनिर तपाइँहरुले कसरी मोनिटरिङ गर्नुहुन्छ रु रेगुलेटरले आफ्नो हिसाबले गरिहाल्छ, तपाइँले कति पैसा तिर्ने भन्ने कुरा त आखिर गएर सर्भेयर कहाँ जोडिन्छ । उहाँहरुले अलिकति दुर्नियत राखिदिँदा तपाइँहरुलाई लस हुन्छ, उहाँहरुले अलिकति फेबर गरिदियो भने तपाइँलाई थोरै पैसा तिर्दा पनि मुक्ति पाइने अवस्था सिर्जना हुन्छ, त्यो पार्ट चाहिँ कसरी मेनेज गर्नुहुन्छ ?

हामी डाइरेक्ट्ली कहिल्यै पनि क्लेममा इन्भल्भ हुँदैन तर म्याक्सिमम इन्भलमेन्ट भनेको जस्तै हाम्रो प्योर कम्पिटेसनमा हामी ठूलो ठूलो क्लेम जहाँ हामी लिडर छौँ, जहाँ भनौँ न साठी करोड छ, सत्तरी करोडको क्लेम छ या सय करोड माथि छ भनौँ, त्यस्तो क्लेममा चाहिँ हामीले ज्वाइन्ट सर्भे एलोकेट गर्न पाउँछौँ तर ज्वाइन्ट सर्भे एलोकेट गर्ने भन्दैमा हामीले त्यो कम्पनीलाई हाबी हुन खोजेको होइन । ज्वाइन्ट सर्भे मैले मात्र होइन, मेरो प्योर कम्पिटिसनको पनि होला त्यहाँ । उहाँले पनि गर्नुहोला । सँगै गर्दा तीन चार वटा सर्भेको ओपिनियन त कहिल्यै पनि डिस्पुटेबल नआउँला ।

दसौँ अर्बको प्रोजेक्टको रिइन्स्योरेन्स गर्ने बेलामा एकपटक आफ्नो टिम पनि पठाउनुहुन्छ है अथवा तपाइँले भनेको जस्तो हामी टेक्नोलोजी प्रयोग गरेर त्यसलाई स्क्रिनिङ गर्छौं भन्ने होला ?

हामीले अहिले चाहिँ अलिकति पठाउन छोड्यौँ किनभने धेरै ठाउँमा गइसक्यौँ । जति पनि हाइड्रो पावर लोकेसन छन्, ७०।७५ प्रतिशत हामीले कभर गरेर हेरेर आइसक्यौँ म्याप गरिसक्यौँ । अब हामीले त्यहीँबाट लाइभ मोनिटरिङ गर्न मिल्छ तर एकदमै ठूलो छ भने चाहिँ हामी कहिलेकाहीँ पठाउँछौँ जहाँ गएको छैन । धेरैजसो भिजिट गइसकेको भएर हामीलाई प्याचेजहरु थाहा छ अहिले चाहिँ । त्यही भएर बसी बसी रिस्क लिन सजिलो छ ।

जसरी तपाइँहरुले स्क्रिनिङ गरेर एसेप्ट गरेको बिजनेसलाई विदेशका अरु रेट्रो सेसन गर्ने कम्पनीहरुले तपाइँलाई विश्वास गर्छन्, उतबाट ल्याउँदा पनि त्यही गर्नुहुन्छ ?

त्यही नै गर्ने हो । किनकि मेरो रेट्रो सेसन त निश्चित एउटा एग्रिमेन्ट हुन्छ नि । त्यो लिएकोमा निश्चित चिज आफ्नो पकेटमा पनि रहन्छ नि । त्यसैले रिस्क नहेरिकन हामी लिँदै लिँदैनौँ । रेट्रोले किन त्यो गर्छ भने गत वर्ष जति पनि ठूलो फ्रड लस भए पनि हाम्रो रेट्रो सेसन पार्टनरहरुलाई लस भएन । भनेपछि त्यो लस हामीले नै तिर्‍यौँ भनौँ न । त्यो लस हामीले तिरिसकेपछि उहाँहरु प्रोफिटमै भएपछि यिनीहरुले अन्डर राइट गर्दछ, अब यो वर्ष झन उहाँहरुले बुक हेर्नु भयो भने इमेन्ट्स प्रोफिट हुन्छ ।

तपाइँहरुको प्रतिस्पर्धा त ग्लोबल देखियो है ?

हाम्रो इच्छा नै त्यही हो, ग्लोबल जाने । इन्टरनेसनल हो नि रिइन्स्योरेन्स भनेको ।

तपाइँ बिजनेस प्रोमोसनका लागि हामीलाई बिजनेस देऊ भनेर विदेश गइरहनुहुन्छ ?

हामी जानै पर्छ, हाम्रो बिजनेस नै त्यही पर्यो ।

कस्तो छ उताको रेस्पोन्स, उहाँहरुले हाम्रो उपस्थितिलाई कसरी हेरिरहेका छन् ?

उपस्थिति पहिला चाहिँ गाह्रो थियो बिल्ड गर्न । हामीलाई हाम्रो ब्रान्ड स्टाब्लिस गर्न टाइम लाग्यो । पछिल्लो एक वर्षमा हामीले जसरी काम गर्यौँ त्यसको रेस्पोन्स राम्रै आएको छ । त्यतिकै जीआईसीको रेट्रो प्यानलमा हुँदैन थियौँ नि । त्यो हाम्रो लागि ठूलो उपलब्धि हो । नेपालमा पनि एउटा इन्टरनेसनल रिइन्स्योरेन्स कम्पनी छ भनेर सम्झिन्छन् ।

नेपालका बीमा कम्पनी जसले तपाइँहरुलाई यहाँको लोकल बिजनेस दिन्छन्, उनीहरुसँगको सम्बन्ध व्यवस्थापन कतिको जोखिमपूर्ण हुन्छ ?

हाम्रो सम्बन्ध त राम्रो छ । विस्तारै हिमालयन रिको काम गर्न त एउटा कम्पनी हो भनेर बुझ्न थालेको छ मार्केटमा । पहिला अलिकति एप्रिएन्सन होला किनिक कसैले सेलेक्ट गरेर नलिइरहेको छैन रे, हिमालयन रिले किन लिँदैन रु हिमालयन रिले बुझायो कि हामी त क्लेम तिर्न तत्पर छौँ । हामी जति सक्छौँ, जति इन्सटेन्ट्ली तिर्न सक्छौँ, हाम्रो जति क्यापासिटी छ त्यसमा हामी लिने हो । त्यस भन्दा माथि लिएर न यो मार्केटमा बसेका छौँ न क्लाइन्टलाई न इन्स्योरेन्स कम्पनीलाई ह्याम्पर गर्न चाहँदैनौँ । त्यो प्रोस्पेक्टिभ हामीलाई बुझाउन टाइम लाग्या । बुझिसकेपछि अहिले त हाम्रो सम्बन्ध एकदमै स्मुथ छ ।

गत वर्ष क्लेमबापत कम्पनीहरुलाई कति तिर्नुभयो ?

लगभग ५० प्रतिशत जति फाइल सेटल भयो, तिनीहरुको तिरेका छौँ । ५० प्रतिशतको डकुमेन्ट नआएकोले सेटल भएको छैन, जसको चाहिँ सर्भे नै सकिएको छैन ।

३२ वटा देशबाट बिजनेस ल्याउँदा उहाँहरुको बिजनेसमा उता क्लेम परेपछि तपाइँहरुले पेमेन्ट चाहिँ कति पठाउनुभयो ?

यस्तो छ । हामी एकदमै सेलेक्टिभ थियौँ । रेसियो नै हेर्नुहुन्छ भने यो वर्षका विस्तारै गर्दै जान्छौँ । त्यो २० करोड जुन हामीले राइट गर्यौ, लगभग हामीलाई एक डेढ करोड मात्रै क्लेम पर्यो होला तिर्नलाई ।

नेपालको हिमालयन रिइन्स्योरेन्स ग्लोबल कम्पिटिसनमा कहाँनिर उभिएको हुनेछ ?

अब आउने दुई वर्ष हाम्रो एक्सपेक्टेसन हरेक मार्केटमा थाहा होस् भने हामीले विस्तारै सुरु गरेका थियौँ । गत वर्ष धेरै मार्केटलाई हाम्रो बारेमा थाहा थिएन । हामीलाई ब्रोकरबाट बिजनेस आउँन्थ्यो । गत वर्ष हामीले इमेन्स ट्राभलिङ गर्यौँ, त्यो इमेन्स ट्राभलिङले हामीलाई सिडेन सिडेन कम्पनीले चिन्छ । दुई वर्षमा हामी ३२ देशमा मात्रै सीमित हुँदैनौँ नि, ६० देशमा गइन्छ, हामीलाई त्यहाँ उपस्थिति गराउनु छ । हामीले चार वटा ब्रान्च बाहिर पनि खोल्न खोजेका छौँ । सिंगापुर, दुबई, थाइल्यान्ड, इन्डियामा । यो चार वटा मार्केटमा हामीले ठूलो उपस्थिति देखाउन खोजेका छौँ । त्याँ उपस्थिति भएपछि अझ इन्टरनेसनल व्यापार ल्याउन सजिलो हुन्छ । इन्टरनेसनल व्यापार ल्याउने स्टेप हामी दुई वर्षमा पार गर्छौं ।

हामीसँग त्यो प्रकृतिको जनशक्ति त्यतिबेलासम्म तयार हुन्छ हुँदैन या अहिलेको सिनारियो के हो भन्ने प्रश्न पनि छ ?

जनशक्ति त तयार छ । हामी लिमिटेड स्टाफ होला तर जनशक्ति नभएको भए त्यो मार्केट इन्टर गर्ने क्यापाबिलिटी कहाँबाट हुन्थ्यो ।

तपाइँले चारवटा देशमा ब्रान्च खोल्छौँ भन्नुभयो, त्यसका लागि एप्रुभलको प्रोसेस सुरु भइसक्यो ?

सुरु भइसकेको छ । हामीलाई सैद्धान्तिक एप्रुभल आइसकेको छ तर हामीले उताको पनि एप्रुभल लिनुपर्छ । यहाँबाट पनि निश्चित एकाउन्ट ओपनिङ एप्रुभल हुन्छ त्यसैले निश्चित एक्सपेक्टहरु हाम्रो एप्रुभल प्रोसेसमा छ ।

अर्को ४–५ वर्षको बीचमा चाहिँ देशका टप रिइन्स्योरेन्स कम्पनीहरुको छेउछाउमा हामीले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई देख्छौँ । गुडबिलको हिसाबले मार्केट त उनीहरुको जस्तो तत्काल के तान्न सकिएला र, हामी दौडिरहेका छौँ पछि पछि केही वर्षमा ट्रेड दिने गरी ?

हो नि । हामीलाई पनि इच्छा त्यही छ नि ।

तपाइँहरुलाई यो ग्लोबल कम्पिटिसनमा जान सजिलो बनाइदिन रेगुलेटरको एउटा एप्रोच रहला, त्योबाहेक सरकारको भूमिका चाहिँ कहाँनिर कति रहन्छ ? के अपेक्षा राख्नुहुन्छ ? के के गरिदिए हामीलाई सजिलो हुन्थ्यो ? नेपाल चिनाउने कुरा छ ?

विदेशी मुद्रा रिलेटेड एकाउन्ट खोल्नुपर्छ क्या बाहिर । त्यो एउटा सहजता भयो भने अरु त सरकारले के एड गर्नु रु हामी रिइन्स्योरेन्स एक्पर्ट हो, हाम्रो कम्पनी हो, हामीले लैजान खोजेको हो । सरकारले कस्तो भने मलाई लाग्छ विदेशी करेन्सी एकाउन्ट खोल्नेमा सहजता देखाइदियो भने हुन्थ्यो ।

कन्ट्री रेटिङ चाँडो चाँडो गरिदिनु पर्यो भन्ने पनि छ ?

कन्ट्री रेटिङ त गज्जब, राम्रो रेटिङ आयो भने अझ हामी माथि जान्छौँ । कन्ट्री रेटिङ भन्दा पनि कस्तो रेटिङ आउँछ त्यसमा इम्प्याक्ट गर्छ हामीलाई ।

हिमालयन रिइन्स्योरेन्सका बारेमा केही भन्नु छ कि ?

हिमालयन रिइन्स्योरेन्स नागरिकका लागि भयो । हाम्रो एस्पिरेसन भनेको नेपाललाई बाहिर लगेर चिनाउने नै हो । हाम्रो सफलता भनेकै त्यसमा हुन्छ । वैदेशिक मुद्रा भित्र्याउने ल्याउने हो । जसले जसले हाम्रा लागि इन्भेस्ट गर्नुभएको छ, उहाँका लागि भन्नुपर्दा हामी उच्चभन्दा उच्च प्रतिफल दिन तयार छौँ । गत वर्ष पनि पहिलो साधारणसभामा राम्रै प्रतिफल दिएका छौँ । त्यही भएर यो कम्पनी चाहिँ कहीँ पनि चुक्ने छैन । जानेर, गरेर हामीले कम्पनीको हितका लागि मात्रै काम गर्नेछौँ ।

GBIME

प्रतिक्रिया दिनुहोस्