Shikhar Insurance
National Life

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

सिंहदरबार संवाददाता
२०८१ आश्विन २३, बुधबार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ मा पुगेको हो ।

बुधबार २९४ कम्पनीको ८३ लाख १२ हजार ६ सय ८५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २२ करोड १ लाख ५८ हजार ८ सय ९६ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ३ सय ९० रुपैयाँ रहेको छ ।

बुधबार १३० कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, बुधबार मिड सालु हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्