Shikhar Insurance
National Life

एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण

सिंहदरबार संवाददाता
२०८१ आश्विन २३, बुधबार १३:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेर सहयोग गरेको छ ।

एनसेल फाउन्डेसनले असोज २१ (सोमबार) गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँच वटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३)का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो । हामी सबै एक ठूलो परिवारको रूपमा कनेक्टेड छौं’ एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, ‘विपद्को यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट हाम्रो नगरपालिकाका विभिन्न वडाका पीडिहहरुलाई आएको यो राहत एकदमै ठूलो सहयोग हो । यसका लागि एनसेलप्रति हामी आभारी छौं । अब हामीले पुर्न:स्थापनामा काम गर्नुपर्ने छ ।’

राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाडाकुडाहरु, हाईजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामानहरु रहेका छन्, जसले प्रभावित परिवारहरूको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिईएको छ । गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडाहरुमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरुलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।

खड्काले राहत सहयोगको बारेमा थप प्रकाश पार्दै भनिन्, ‘एनसेल फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरु गर्दै ग्रासरुट लेभलमा आवश्यक सहयोग पुर्‍याउँदै आएको छ र भविष्यमा पनि आपत विपद्मा सहयोग पुर्‍याउन तत्पर छौं । सरकारका सम्बन्धित निकाय र साझेदारहरूसँग सहकार्य गर्दै हामी राहत वितरणका साथै विपद् प्रतिकार्यमा अन्य के गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’

एनसेल फाउन्डेसनको यस पहलले संकटको समयमा सहानुभूति र एकताको महत्त्वलाई पुन: पुष्टि गरेको छ र एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्वप्रतिको दृढ प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ । एनसेल फाउन्डेसनले परिस्थितिको मुल्याङ्कन गरेर सम्बन्धित निकाय र साझेदारसँगको सहकार्यमा पीडित परिवारहरूको पुर्नस्थापनामा पनि सहयोग पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्