Shikhar Insurance
National Life

बेष्ट फाइनान्सको साधारण सभा कात्तिक १४ गते, के-के छन् एजेण्डा ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन २३, बुधबार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कात्तिक १४ गते साधारण सभा बोलाएको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक १४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बस्ने गरी सभा बोलाएको हो ।

सभामा कम्पनीको आव २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ । लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०७९/०८० को वार्षिक वित्तीय विवरण (२०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत वार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूची समेत) छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सभामा संचालक समितिबाट रिक्त रहेको पदमा बाँकी कार्यकालका लागि गरिएको २ जना संचालकको नियुक्तिलाई अनुमोदन गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभा प्रयोजनका लागि कात्तिक २ गते एक दिन सेयरधनी दर्ता किताब बन्द रहने छ । नेपाल धितोपत्र विनिमय वजन लिमिटेडमा कात्तिक १ गतेसम्म कारोबारमा रहेका सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउँने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्