Shikhar Insurance
National Life

‘७ खर्ब १ अर्ब राजस्व उठाउने विषयमा ‘इफ-बट’ भन्ने कुरा हुँदैन’- महानिर्देशक आचार्य

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार २२:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । ७ सय १ अर्ब आन्तरिक राजस्व उठाउने सामुहिक संकल्प गर्दै आन्तरिक राजस्व विभागको व्यवस्थापन गोष्ठि २०८१ सकिएको छ । राजधानीमा आयोजित २ दिने गोष्ठीमा २४ बुँदे कार्ययोजना प्रस्ताव पारित गर्दै गोष्ठी सम्पन्न भएको हो ।

व्यवस्थापन गोष्ठीमा मुख्य एजेन्डा आन्तरिक राजस्व विभागले लिएको ७ सय १ अर्ब राजस्व असुल गर्ने रहेको छ । गतवर्षको तुलनामा ३१ प्रतिशत बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले राजस्व संकलनका क्रममा देखिएका समस्या र समाधान विषयमा २ दिनसम्म छलफल गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गोष्ठीमा देशभरका कर कार्यालयका प्रमुख, सेवा कार्यालयका प्रमुख, विभागका कर्मचारीहरुले काम गर्ने क्रममा देखिएका समस्याहरु र समाधानका उपायहरुबारे विमर्श गरेको छ ।

गोष्ठी समापन कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामप्रसाद आचार्यले ७ सय १ अर्ब राजस्व असुल गर्न कुनै पनि कसर बाँकी नराख्ने बताए । महानिर्देशक आचार्यले भने, ‘विभागले लिएको लक्ष्य पुरा गर्न इफ-बट भन्ने कुरा हुदैंन, जसरी पनि लक्ष्य पुरा गर्ने बाटोमा हामी अघि बढ्नुपर्छ यसका लागि विभागको तर्फबाट के-कस्तो सहयोग गर्नुपर्छ यसका लागि म तयार छु ।’

राजस्व असुल गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, अर्थ सचिव डा. रामप्रसाद घिमिरे र राजस्व सचिव दिनेश घिमिरेले कर्मचारीहरुको पक्षमा जस्तो सुकै सहयोग गर्न तयार रहेको गोष्ठीमा बताएका छन् ।

सचिव र मन्त्रीको मार्गनिर्देशन प्राप्त भैसकेकोले दत्तचित्त भएर काम गर्न सबै कर्मचारीहरुलाई महानिर्देशक आचार्यले निर्देशन दिए । विभागले ट्रान्फर प्राइसिङ गाइडलाइन सुरुवात गरिसेकेको जानकारी दिंदै महानिर्देशक आचार्यले यसको सफल कार्यान्वयनको अपेक्षा गरेका छन् ।

यस्तै,२ दिनसम्म चलेको गोष्ठी कुनै कर्मकाण्डीको विषय मात्रै नभएको दाबी समेत उनले गरे । महानिर्देशक आचार्यले भने, ‘व्यवस्थापन गोष्ठी कर्मकाण्डी मात्रै होइन, यो तपाई हामी सबैको मूल्यांकन समेत हो ।’ कर परिक्षण गर्दा नीतिमा कस्तो असर पर्यो, पोलिसीमा कस्तो असर पर्यो, व्यापार व्यवसायमा कस्तो असर पर्यो भन्ने विषयमा ध्यान दिनुपर्ने महानिर्देशक आचार्यको भनाई छ ।

गोष्ठीको ओपनिङ सेसनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, राजस्व सचिव दिनेश घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल, चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, अर्थ मन्त्रालयका सहसचिव मदन खनाल, राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी घिमिरे सहभागी थिए ।

यस्तै, भन्सार विभागका महानिर्देशक शरिशरण पुडासैनी, सार्वजनिक वित्त व्यावस्थापन तलिम केन्द्रका तालिम प्रमुख शोभाकान्त पौडेल लगायतको उपस्थिति रहेको थियो । यसैगरी, क्लोजिङ सेसनमा अर्थ सचिव रामप्रसाद घिमिरे, विभागका उपमहानिर्देशकहरु सहित देशभका कर कार्यालय प्रमुखहरुको सहभागिता थियो ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्