Shikhar Insurance
National Life

बैंकका संस्थापकहरुले आफ्नै बैंकबाट ऋण लिन पाउने

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार १७:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका लगानीकर्ताहरुलाई आफ्नै संस्थाबाट ऋण लिन पाउने सुबिधा उपलब्ध गराएको छ । हालसम्म राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तिय संस्थाको संस्थापक सेयर धारण गरेका लगानीकर्ता वा फर्महरुलाई ऋण नदिने व्यवस्था कार्यान्वयन गरिरहेको थियो ।

त्यस्तै, बैंक तथा वित्तिय संस्थाको चुक्ता पुँजीका एक प्रतिशत भन्दा बढी सेयर धारण गर्ने लगानीकर्ता, फर्म वा कम्पनीले पनि सोही बैंक तथा वित्तिय संस्थाबाट ऋण नपाउने व्यवस्था अहिलेसम्म थियो । तर अब भने कुनै पनि बैंक तथा वित्तिय संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतसम्म सेयर धारण गर्ने संस्थापक सेयरधनी र एक प्रतिशतसम्म साधारण सेयर धारण गर्ने व्यक्ति तथा फर्म वा कम्पनीले आफ्नै संस्थाबाट ऋण लिन पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन(बाफिया) संसोधनका लागि पठाएको व्यवस्थाको ठिक विपरिद हुने गरि बैंकका सेयरधनीहरुले आफ्नै संस्थाबाट सहजै ऋण लिन पाउने सुबिधा ल्याएको हो ।

राष्ट्र बैंकले बाफिया संसोधनका क्रममा भने एक प्रतिशत भन्दा बढी सेयर लिने(एकाघरसहित)का ऋणीहरुलाई बैंक तथा वित्तिय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था गरेको छ । बैंकर र व्यवसायी छुट्याउने भन्दै कडा कानुनका पक्षमा उभिएको राष्ट्र बैंक सर्कुलरमा भने नरम रुपमा प्रस्तुत भएको हो । राष्ट्र बैंकको नयाँ सर्कुलरका कारण अब बैंकका लगानीकर्ताहरुले दबाव मार्फत आफ्नै संस्थाबाट ऋण लिने बिकृत बढ्ने बैंकरहरुले गुनासो गर्न थालेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्