Shikhar Insurance
National Life

क्लिन र ग्रिन ऊर्जामा नेपालले विश्वमा नेतृत्वदायी भुमिका खेल्नसक्छ: अध्यक्ष कार्की

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार १७:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले विश्वलाई क्लिन र ग्रिन ऊर्जामा नेपालले नेतृत्वदायी भूमिका खेल्ने बताएका छन् । मंगलबार विश्वमा जलविद्युतमा प्राविधि र बजारका विषयमा भएको अन्तक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष कार्कीले क्लिन र ग्रिन ऊर्जामा नेपाल चाँडै विकसित हुने बाटोमा रहेको बताए ।

उनले नेपालमा उत्पादित क्लिन र ग्रिन ऊर्जा भारत र बंलादेशमा निर्यातको बाटो खुला भएको र भारतमा निर्यात गरिरहेको बताए। उनले भारतसँग १० वर्षमा १० हजारमेगावट र बंलादेशसँग ४० मेगावट विद्युत निर्यात गर्ने सम्झौता भएको उल्लेख गरे । उनले नेपालले सन् २०४५ सम्ममा शुन्य कार्वन उत्सर्जन गर्ने लक्ष्य लिएको पनि बताउँदै नेपाल दक्षिण एशियामा जलविद्युत उत्पादन र स्टोरेजको हब भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अहिले नै नेपालले वर्षातमा विदेशमा १ हजार मेगावट विद्युत निर्यात र सुख्खायाममा नेपालले ७ सय मेगावट विद्युत खरिद गरिरहेको बताए । अध्यक्ष कार्कीले प्राकृतिक रुपमा नै धेरै जलविद्युत उत्पादन गर्नसक्ने अवस्था रहेको भन्दै ६ हजार मेगावट भन्दा बढीका २ हजार जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको बताए ।

उनले अस्टे्रलिया विश्वको जलविद्युत उत्पादन र प्रविधिमा अगाडि रहेको भन्दै नेपालमा अस्टे्रलियाको प्रविधि आदानप्रदान गर्न आवश्यक रहेको बताए । उनले नेपाल जलविद्युत उत्पादनमा ठूलो सम्भावना बोकेको देश भएको बताउँदै अस्ट्रेलियाको जलविद्युत बजार पनि धेरै विकसित र एडभान्स बजार रहेको भन्दै त्यहाँको बजार नीतिका बारेमा पनि नेपालमा जानकारी लिन जरुरी रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्