Shikhar Insurance
National Life

सिजी स्मार्टको दशैं अफरमा चितवनकी थापाले जितिन् सुनको सिक्का

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार १७:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको अग्रणी ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए)ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैंमा १० अफर’ ल्याएको छ । यस अभियान अन्तर्गत १० भाग्यशाली ग्राहकहरुले १०/१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन् ।

यस अर्न्तगत सिजीका साना घरायसी सामान खरिद गरी डिजीटल लक्की ड्र मार्फत १० ग्रामको सुनको सिक्का जित्न सफल चितवनकी दामन्ती थापालाई कम्पनीले बधाइ दिँदै बडा दशैंको शुभकामना व्यक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छ । यस योजनामा सहभागी हुन ग्राहकहरूले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरी विज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरी आफ्नो विवरण भरी समावेश गर्नुपर्नेछ ।

यो योजनामा सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरु समेटिएको छ । यस अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू गरिएको बताइएको छ ।

नेपालकै नं १ र ठूलो ब्राण्ड सिजीले आफ्ना ग्राहकहरुलाई मध्यनजर गरी सिजीले सिजी मेरिडिया नामक प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्