Shikhar Insurance
National Life

सेवक नेपालले बाढीपीडितलाई गर्‍याे नगद सहयोग

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार १७:११
Hyundai
NCELL
NIMB

सुनसरी । यहाँको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण गरिएको छ । विश्व खाद्य कार्यक्रम र सेवक नेपालले बराहक्षेत्र नगरपालिकाभित्रका कोशी बाढीबाट प्रभावितलाई सोमबारदेखि नगद सहयोग हस्तान्तरण सुरु गरेको हो ।

उक्त बाढीपीडितलाई प्रति परिवार १५ हजारको दरले नगद हस्तान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए । उनका अनुसार, बराहक्षेत्र नगरपालिकाका वडाकार्यालयको सिफारिसका आधारमा एक हजार एक सय ४५ घरधुरीलाई विश्व खाद्य कार्यक्रम र सेवक नेपालमार्फत नगद सहयोग हस्तान्तरण गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नगर प्रमुख कार्कीले भने, ‘केही दिन अगाडिको भारी वर्षासँगै बाढीमा परेका परिवारलाई यो सहयोगले केही हदसम्म राहत मिल्ने अपेक्षा गरिएको छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्