Shikhar Insurance
National Life

टोखा-छहरे सडकखण्ड दुर्घटना ग्रस्त : एक हप्तामा ४ सवारी दुर्घटना, दर्जनौँ घाइते

रोशनी तामाङ
२०८१ आश्विन २३, बुधबार १३:००
Hyundai
NCELL
NIMB

नुवाकोट । असोज ११ गते परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्ग ठप्प भएपछि अति आवश्यक कामको लागि वैकल्पिक सडक प्रयोग गर्न सरकारले आग्रह गरेको थियो । सरकारले रात्रिकालिन बसलाई पनि ३ दिन नचलाउँन निर्देशन दिएको थियो । टा‍ेखा-छहरे सडकखण्ड हुँदै गल्छि निस्किने गाडीहरुको भिड लागेको थियो ।

काठमाडौंसँगै जोडिएको जिल्ला भएपनि नुवाकोटमा भनेजस्तो पुर्वाधार विकास हुन सकेको छैन । टा‍ेखा-छहरे सडकखण्ड खुल्ला र पक्कि भने बन्न सकेको छैन । पानी पर्दा अझै पनि नुवाकोटको बाटो हिलाम्य र जोखिमपूर्ण हुन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दशैँ लागेसँगै नुवाकोटमा सवारी दुर्घटनाले मानिसलाई चिन्ताजनक बनाएको छ । एक हप्तामा उक्त सडकखण्डमा ४ वटा सवारी साधनहरु दुर्घटना भएका छन् । पक्कि सडक नभएकाले भनौँ या चालकको लापरवाहि वा भाडा बढी पाउँने प्रलोभनले क्षमताभन्दा बढी यात्रु राखेर भनौँ, नुवाकोटमा दिनानुदिन दुर्घटना बढीरहेको छ ।

एक हप्ताको अन्तरालमा टोखा-छहरे सडकखण्डमा ४ वटा सवारी साधन दुर्घटना भइसकेको छ । दर्जनौँ मानिस घाइते भएका छन् । दिनानु दिन बढ्दै गएको दुर्घटनाले यात्रुमा त्रास बढेको छ ।

दुर्घटनाको कारण के हो ? भन्ने विषयलाई लिएर सिंहदरबार डटकमले शिवपुरी गाउँपालिका-७ का वडाध्यक्ष वीर बहादुर तामाङ्गलाई सोधिएको प्रश्नमा उनले भने, ‘नुवाकोटको बाटो त्यति भयवित र दुर्घटनाग्रस्त भने छैन । चालकहरुको तीव्रता र गाडीमा क्षमताभन्दा बढी सामान तथा यात्रुहरु भएर नै दुर्घटना निम्तिएको हो ।’

उनले भने, ‘नुवाकोटमा दुर्घनाग्रस्त बाटो छैन । पहिलेभन्दा धेरै सुधार भएको छ । गाडी दुर्घटना हुनुमा चालकहरु नै अलि बढी सतर्क हुनुपर्छ । चालकहरुले टर्निङ पोइन्टमा स्पिडको गति कम गर्नुपर्छ । छिटो गन्तव्यमा पुग्ने हतारले गाडीको स्पिड बढ्दा दुर्घटना भएको हो ।’

गुर्जे भञ्ज्याङ, गुरुङ गाउँ र गेरुगाउँ अलिकति धराप छ । बेला बेलामा पहिरो आइरहन्छ । त्यहाँ सडक विभागले सडक छेउ-छेउमा पोल राख्दिने हो भने जोखिम न्यूनिकरण गर्न सकिन्छ । नत्र अरु ठाउँमा जोखिम नभएको उनले दाबी गरे ।

उनले भने, ‘शिवपुरी गाउँपालिक-७ ढलान घरदेखि दुप्चेश्वर गाउँपालिकासम्मको सडक निर्माणका लागि ३ करोड ६० लाख रुपैयाँ बजेट आएको थियो, सो बजेट आएको १५/२० वर्ष भइसक्यो । अहिलेसम्म पूर्ण काम भएको छैन ।’

तामाङ्गले सुरक्षित बाटो र पक्कि सडक निर्माण नहुँदा थानाभञ्ज्याङ, सुनखानीवासी निकै दुख र मर्कामा परेको बताउँदै सरकार, सम्बन्धित निकाय र बजेट केन्द्रले सडक पुर्वाधारका लागि समयमा बजेट उपलब्ध नगराएमा थानाभञ्ज्याङ, सुनखानीवासी आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

एक हप्तामा भएको दुर्घटनाको विवरण

असोज १४ गते छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा माइक्रोबस दुर्घटना भएको थियो । सो दुर्घटनामा १२ जना यात्रु घाइते भएका थिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिएका थिए ।

उनका अनुसार काठमाडौंबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपरान्ह १ : ०० बजे अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका थिए । उनका अनुसार उक्त गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौं पठाएको थियो ।

पृथ्वीराजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नं.माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौंको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो ।

त्यस्तै, सोही दिन फेरी सोही सडकखण्डमा अर्को दुर्घटना भएको थियो । शिवपुरी गाउँपालिका ८ थानापतिमा गाडी दुर्घटना भएको थियो ।

काठमाडौंबाट टोखा छहरे हुँदै जनकपुरतर्फ जाँदै गरेको युपि ६५ एनटी ०२३४ नम्बरको फोर्स हाईस गाडी नालीमा खसेर दुर्घटना भएको थियो । सो दुर्घटनामा गाडीका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको थियो ।

त्यसैगरी, असोज १९ गते छहरे टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका वडा नम्बर ८ स्थित काँफलडाडा मोडमा हाइलक्स गाडी दुर्घटना भएको थियो । सो दुर्घटनामा एकको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।

घाइते हुनेमा तार्केश्वर नगरपालिका मनमैजु वर्ष ४६ को विश्वनाथ अधिकारी, वर्ष ५२ को रामशरण अधिकारी, वर्ष ४६ की हरिकला खनाल, वर्ष ५१ की गायत्री खनाल, नागर्जुन नगरपालिकाका वर्ष ६३ का चन्द्रनाथ शर्मा थिए । घाइतेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको थियो । गाडी सडकबाट ५० फिट तल खसेको थियो ।

त्यस्तै, असोज २० गते छहरे टोखा सडकखण्ड अन्तर्गत शिवपुरी ८ थानापतिमा बस एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । काठमाडौंबाट घलेभञ्ज्याङतर्फ गइरहेको बस र रसुवाबाट काठमाडौंतर्फ जाँदै गरेको बस एकाअर्कासँग ठाक्किदाँ दुर्घटना भएको थियो । बा ५ ख ६१४५ नम्बरको बस र बा २ ख २२६५ नम्बरको बस ठोक्किएको थियो ।

दुर्घटनामा चालक घाइते भएका थिए भने अन्य यात्रु जोखिममुक्त रहेको स्थानिय वासीन्दाले जानकारी दिएका थिए । भनिन्छ नि, दशैँ हैन दशा आयो । नुवाकोटमा त्यहि भएको छ । अझ असोज ११ गते काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा आएको बाढी, वर्षा र पहिरोले अवस्था झन गम्भिर बनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्