Shikhar Insurance
National Life

नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड–आधारित विप्रेषण सेवाका लागि सम्झौता

सिंहदरबार संवाददाता
२०८१ आश्विन २२, मंगलवार ११:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । बैंकका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र हाम्रो पात्रोका तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका हुन् ।

दुई कम्पनी बिच भएको सम्झौताअनुसार, नबिल बैंकले कार्डमा–आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रो पात्रो एपमा समावेश गरेको बैंकले जनाएको छ । नेपालबाहिर रहेका हाम्रो पात्रो प्रयोगकर्ताहरूले अब एपको ‘रेमिटेन्स’ बटनमा गएर पठाउने र प्राप्त गर्ने व्यक्तिको विवरण र विप्रेषणको उद्देश्य उल्लेख गरी सेवा लिन सक्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस सेवा अन्तर्गत, प्रयोगकर्ताहरूले न्यूनतम युुएस डलर १०० देखि अधिकतम ५ हजार डलरसम्म पठाउन सक्ने र रेमिटेन्स प्राप्त कर्ताले नेपालभित्र जुनसुकै बैंक खातामा तुरुन्तै रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

‘यो बैंकिङ सेवाको लागि एउटा कोशेढुंगा हो, किनकि यसले देशमा खुला बैंकिङको पहिलो पहललाई प्रतिनिधित्व गर्दछ’ नबिल बैंकका अन्तर्राष्ट्रिय व्यापार तथा एनबैंकका नायब महाप्रबन्धक, आदर्श बजगाईँले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्