काठमाडौं । सरकारले बाँकी रहेको कर तिर्ने अन्तिम म्याद असार २५ तोकेर सूचना निकालेको छ । आन्तरिक राजस्व विभागले वैशाखसम्मको कर तिर्ने म्याद असार २५ तोकेको हो ।
अब चैत र वैशाखको मासिक तथा द्विमासिक अवधिको भ्याट विवरण र विवरण बमोजिक दाखिला असार २५ भित्र गर्नुपर्नेछ । यस्तै चैत र वैशाख महिनाको आयकरको अग्रिम करकट्टि रकम र विवरण बुझाउने म्याद पनि असार २५ नै हो ।
यसैगरी दुई महिनाको अन्तःशुल्कको विवरण र रकम पनि सोही दिनभित्र गरिसक्नुपर्छ । सरकारले असार २५ भित्रै चैत र वैशाखको शिक्षा सेवा शूल्क, टेलिफोन स्वामित्व शूल्क र दुरसञ्चार सेवा दस्तुर दाखिला गर्न भनेको छ ।
यसअघि सर्वोच्च अदालतले निषेधाज्ञा सकिएको १ महिनासम्म कर तिर्ने ताकेता नगर्न आदेश दिएको थियो । जो विरूद्ध अर्थ मन्त्रालयले हालेको भ्याकेटमा सुनुवाइ गर्दै सर्वोच्चले कर तिर्ने म्याद तोक्ने अधिकार सरकारलाई दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्