Shikhar Insurance
National Life

नेपाल एयरलाइन्सले असोज २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने

सिंहदरबार संवाददाता
२०८१ आश्विन २१, सोमबार १८:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही असोज २४ गते दसैँको फुलपातिका दिन काठमाडौँ–भैरहवा गन्तव्यमा उडान गर्ने भएको छ ।

दसैँमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउने उद्देश्यले निगमले काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने निर्णय गरेको हो । निगमको न्यारोबडी ए ३२० विमानबाट उद्धार उडान गर्ने निर्णय भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्रलाई समस्या परेकाबेला राष्ट्रिय दायित्व र जिम्मेवारीलाई बहन गर्दै निगमले सरकारको निर्देशनमा उद्धार उडान गर्न लागेको उनले बताए ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशन अनुरुप भैरहवामा उद्धार उडान गर्न लागिएको निगमले उल्लेख गरेको छ ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जानेरआउने राजमार्ग बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आगमनमा कठिनाई भएको सन्दर्भमा यात्रुको सहजताका निम्ति निगमले उद्धार उडानको निर्णय लिएको हो ।

निगमको उडान तालिका अनुसार २४ गते उडान नम्बर आएए १७ ३३ विमान काठमाडौंबाट बिहान ११ बजे भैरहवाका लागि उडान भर्नेछ । भैरहवाबाट काठमाडौं उडान नम्बर आरए १७४३ १२: ३० बजे भर्नेछ । यो गन्तव्यमा काठमाडौं–भैरहवा ७ हजार र भैरहवा–काठमाडौं ३ हजार आठ सय ९० निर्धारण गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्