Shikhar Insurance
National Life

आइएमई ग्रुपले गर्‍याे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड सहयोग

सिंहदरबार संवाददाता
२०८१ आश्विन २१, सोमबार १४:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आईएमई बैंक, आईएमई लिमिटेड, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्स र आईएमई लाइफ गरी आइएमई ग्रुपसँग सम्बद्ध विभिन्न कम्पनीहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेका छन् ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार सहयोग स्वरूप उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

देशभरि बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको उद्धार र राहतमा सरकारसँग हातेमालो गर्दै यो सहयोग गरेको आईएमई ग्रुपले जनाएको छ ।

आईएमई ग्रुपले मुलुकमा आइपर्ने हरेक विपत्तिमा सरकारसँग निरन्तर हातेमालो गर्दै आएको र यस्ता प्रयास तथा सहयोेगले बाढि, पहिरो प्रभावित नागरिकहरुको उद्धारमा सरकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्