Shikhar Insurance
National Life

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, १० प्रतिशत बोनस सेयरसहित ५.५३% लाभांश प्रस्ताव पारित

सिंहदरबार संवाददाता
२०८१ आश्विन २१, सोमबार ११:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा असोज २० गते सम्पन्न भएको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, सेयरधनीहरुलाई आव २०८०/८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३५ नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, यस सभाले बैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन: निर्बिरोध निर्वाचित गरेको छ । बैंकका अनुसार आव २०८१/८२ को लागि एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन: नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्