Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स बैंकले डाक्यो असोज १२ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ आश्विन २१, सोमबार १०:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज २० गते बसेको स१चालक समितिको निर्णय अनुसार १८ औ वार्षिक साधारण सभा कात्तिक १२ गते अमृतभोग, कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ९ बजे सभा बस्ने आव्हान गरेको हो ।

सभामा ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछन् ।

सभामा चालु आवका लागि लेखापरीक्षक नियक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्ने ।

सभामा बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज हुन तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

साथै, सभा प्रयोजनको लागि बैंकले असोज २९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असोज २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुने एक सूचनामार्फत जानकारी गरेका छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्