Shikhar Insurance
National Life

इजरायलले इरानको तेल भट्टीमा आक्रमण गर्ने भएपछि, इरानमा उच्च सतर्कता

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार १८:११
Hyundai
NCELL
NIMB

काठमाडौं । इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्षित गर्ने सम्भावित इजरायली हवाई आक्रमणको चिन्ताका बीच इरानका तेलमन्त्री मोहसेन पाकनेजादले आइतबार खार्ग टापूमा रहेको एउटा तेल सुविधाको भ्रमण गरेका छन् ।

इरानले गतहप्ता इजरायलमाथी क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले ‘जवाफी कारवाहीको तयारी गरिरहेको’ एक इजरायली अधिकारीले बताएपछि यो भ्रमण भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेप्टेम्बर २७ मा बेरुतमा भएको आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाह र इरानी जनरल अब्बास निलफोरोसनको मृत्युको बदला लिन दुई सय क्षेप्यास्त्र प्रहार गरिएको इरानको रिभोल्युसनरी गार्ड कप्र्सले बताएको थिए ।

पाकनेजादले बिहान खार्ग टापूको तेल सुविधामा पुगेर कर्मचारीहरूसँग भेटको मन्त्रालयको समाचार एजेन्सी शानाले बताएको छ ।  “हामी हाम्रा शत्रुहरूले सङ्कट उत्पन्न गर्नेछन् भन्ने कुराले डराउँदैनौँ र यस क्षेत्रको भ्रमण एउटा सामान्य व्यावसायिक भ्रमण हो”, उनले सरकारी टेलिभिजनमा भनेका छन् ।

खाडीमा अवस्थित खार्ग टापू इरानको सबैभन्दा ठूलो कच्चा तेल निर्यात टर्मिनल भएको स्थान हो । इरानले मङ्गलबार आफ्नो क्षेत्रमा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ तयार गरिरहेको इजरायलको घोषणापछि पाकनेजादको भ्रमण भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इरानका तेल सुविधाहरूमा सम्भावित आक्रमणबारे इजरायलसँग ‘छलफल गरिरहेको’ बताएको थियो । उक्त भनाइपछि तेलको मूल्य बढेको थियो । तर शुक्रबार बाइडेनले इजरायललाई इरानका तेल सुविधाहरूमा आक्रमण नगर्न बरु ‘अन्य विकल्प’ खोज्न आग्रह गरेका छन् ।

इजरायली धम्कीपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार इजरायलले इरानमाथि आक्रमण गरे ‘इरानबाट समानुपातिक र समान प्रतिक्रिया हुने र अझ बलियो’ हुने चेतावनी दिएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्