Shikhar Insurance
National Life

खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार १६:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ । नेपालीहरुको महान चाड बिजया दशमीको अवसरमा कम्पनीले आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको हो ।

गत वर्ष घटस्थापनादेखि नै विक्री शुरु गरेको भएपनि यस वर्ष विपद्जन्य घटनाका कारण समयमै खसीबोका र च्याङ्ग्रा नआइपुग्दा आजबाट मात्रै विक्री शुरु गरेको हो । खसीबोका १४ सय र च्याङ्ग्रा ३ सय खरिद गर्ने कार्यक्रमअनुसार कम्पनीसँग अहिलेसम्म ६ सय ८६ खसी, बोका र च्याङ्ग्रा प्राप्त गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी वागमती प्रदेश प्रमुख ज्ञानु थापाले बताए । उनले च्याङ्ग्रा मुस्ताङबाट र खसीबोका नवलपुर, हेटौँडा र दाङबाट ल्याइएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अघिल्लो वर्ष ५ सय ४२ वटा च्याङ्ग्रा, १ हजार ६ सय २ खसीबोका बिक्री गरेको जानकारी दिए । उनले गतवर्षको भन्दा यस वर्ष खसीबोकामा प्रतिकेजी १० रुपैयाँ सस्तोमा विक्री गरिएको बताए । उनले यस वर्ष खसी बोकाको ६७० र च्याङ्ग्राका १२३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर विक्री गरिरहेको जानकारी दिए ।

उनले कम्पनीले स्वस्थ खसीबोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी स्वस्थ खसिबोकालाई हरियो रङ लगाएको बताउनु भयो । एक जनालाई एउटा भन्दा बढी उपलब्ध नगराइएको बताए । मुख्य चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा विक्री गर्न हरेक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर विक्री गर्ने गर्छ । खाद्यसँगै अरु निजी व्यापारी र व्यवसायीले पनि खसीबोका खरिद गरी काठमाण्डौमा ल्याएर बिक्री गर्न थालिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्