Shikhar Insurance
National Life

विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार १५:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग पनि विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा मन्त्री र सचिवका बीचमा कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौता ठूलो उपलब्धि भएको उल्लेख गर्दै चीनसँग पनि विद्युत व्यापारका लागि कुरा गरिरहेको बताएका हुन् । उनले अन्य छिमेकी राष्ट्रहरुले आफैँ विद्युत उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोही अनुरुप आग्रह गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले चीनले विद्युत किन्ने कुरामा आफू आशावादी रहेको बताउँदै आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताए । मन्त्री खड्काले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानीपनि अन्तत्: राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्नु नहुने बताए ।

उनले भने, ‘जलविद्युतमा व्यक्ति, संस्था, नीजि संस्थाहरु जजसले लगानी गरेपनि २५/३५ वर्ष पछाडी मुलुकको हुने हो । ६४ खर्ब २८ हजार मेघावाट विद्युत उत्पादन गर्नलाई लगानी गर्दैछौँ भनेर जुन फिगर भनिएको छ, त्यो पूर्ण रुपमा नेपाल सरकारको हुने हो । अहिले हामीलाई १० खर्बको चालु खर्च र ५/७ खर्ब जुटाउन हम्मेहम्मे छ । ऋण छ ।’

उनले जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनि हुनेगरी मोडालिटी बनाउनुपर्ने बताए । पैसा नहुनेहरुले पनि जलविद्युतमा लगानी गर्न सक्ने अवस्था बनाउनुपर्नेमा उनको जोड छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्