Shikhar Insurance
National Life

५६.०९ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ६ अर्ब बढी

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५६.०९ अंकले बढेर २६५३.५८ को बिन्दुमा बजार बन्द भएको छ ।

आइतबार ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार ७ सय ५ रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार सहास उर्जा लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६३ करोड ८३ लाख ५८ हजार १ सय ८७ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४ सय ८९ रुपैयाँ रहेको छ ।

आइतबार २१९ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको मूल्य घटेको छ घने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, १ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर नकरात्मक सर्किट लागको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्