Shikhar Insurance
National Life

बाढी पहिरो पीडितलाई सीबीसीएफको ५१ लाख सहयोग

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार ११:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । साइमेक्स इंकले बाढी पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत आर्थिक सहयोग गरेको छ । सीबीसीएफले बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँ योगदान गरेको हो ।

एक कार्यक्रमकाबीच साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरे । सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेत उपस्थिति थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘हामी साइमेक्स र बीवाईडी मिलेर नेपाल र यहाँका जनतालाई आवश्यकता अनुसार सहयोग गर्न प्रतिबद्ध छौँ । हामी विनाशकारी बाढी पहिरोबाट प्रभावितहरुलाई साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनमार्फत तत्काल राहत र दीर्घकालीन सहयोग प्रदान गरी यो क्षेत्रमा अर्थपूर्ण परिवर्तन गर्ने प्रयासमा छौँ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्