Shikhar Insurance
National Life

मातृभूमि लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार ११:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।

आज एक कार्यक्रमका बीच मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौं मार्फत मिती २०८१ कात्तिक १ गते देखि उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्