Shikhar Insurance
National Life

दशैं, तिहार अफर : आइएमई पे मार्फत करोबार गर्दा १० साप्ताहिकसहित ३६ दैनिक उपहार

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । आइएमई पेले दशैं, तिहार तथा छठको अवसरमा ूआइएमई पे डिजिटल दशैँ तिहार २०८१ू योजना सार्वजनिक गरेको छ ।

असोज १७ गतेदेखि कार्तिक २२ गते सम्म लागु हुने यस योजना अन्तर्गत सेवाग्राहिहरुले आइएमई पे मार्फत गर्ने करोबारहरुमा १ मेगा बम्पर उपहार, ५ बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीका अनुसार मेगा बम्परमा पल्सरको एन एस २०० बाइक, बम्परमा आइफोन १६, फ्रिज, वाशिङ मेशिन, टिभी, वान प्लस प्याड, साप्ताहिकमा सिएमएफको वाच प्रो २ र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कारहरु रहेको छ । साथै सेवाग्राहीहरुले आफ्नो आइएमई पे एपमा कुनै पनि बैंकको खाता लिङ्क गरेको खण्डमा यि पुरस्कारहरु जित्ने डबल मौका पनि पाउनेछन्।

डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा दिन योजनालाई थप परिस्कृत गर्दै आइएमई पे मार्फत गरिने विभिन्न भुक्तानीमा पनि पुरस्कारहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। पुरस्कारहरुको विजेताहरु घोषणा आइएमई पेको सामाजिक संजाल मार्फत हुनेछ ।

यस अभियान सम्बन्धि विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेबपेजमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्