Shikhar Insurance
National Life

७८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण

सिंहदरबार संवाददाता
२०८१ आश्विन २०, आईतवार १०:५०
Hyundai
NCELL
NIMB

बागलुङ । जैमिनी नगरपालिकाले आफ्नो स्थापनाको आठ वर्षपछि वडा नं ५ का लागि विनामारेमा सुविधासम्पन्न कार्यालय भवन निर्माण गरेको छ । जैमिनी नगरपालिका–५ का वडाध्यक्ष ठगबहादुर थापाका अनुसार  ७८ लाख १० हजारको लागतमा उक्त भवन निर्माण भएको हो ।

भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले ६० लाख र जैमिनी नगरपालिकाले २० लाख गरी खर्च गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त भवन कार्यारम्भ गरेको नौ महिनामा पूरा भएको हो । भवनको उद्घाटन गत बिहीबार गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले गरेका हुन् । सोही दिनदेखि नयाँ भवनबाट वडा कार्यालयले सेवा प्रवाह गर्न थालेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्