Shikhar Insurance
National Life

डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा रहेको छ : मन्त्री गुरुङ

सिंहदरबार संवाददाता
२०८१ आश्विन १९, शनिबार १३:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा रहेको बताएका छन् । नेपाल टेलिकमको इन्टिग्रेटेड नेटवर्क अप्रेशन सेन्टरमा अनुगमन एवं निरीक्षणका क्रममा उनले डिजिटल नेपाल सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाललाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकाले मन्त्रालयले सोहीअनुसार डिजिटल नेपालका लागि नीति बनाउन छलफल प्रारम्भ गरिसकेको बताए । उनले डिजिटल नेपाल सफल पार्न महत्त्वपूर्ण भुमिका एनटिसीले निर्वाह गर्नुपर्ने भन्दै डिजिटल नेपालको लागि पूर्वाधार विकास गर्न निर्देशन दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले स्थानीय तह, प्रदेश र केन्द्र सरकार तीन तहकै सरकारले डिजिटल नेपालको फ्रेमवर्कलाई प्राथमिकतामा राखे आम नागरिकहरुले सरकारी सेवा सुविधान लिन कठिनाइ भोग्नु नपर्ने बताए । १० ठाउँमा चहार्नुपर्ने अवस्था डिजिटल नेपालपछि अन्त्य हुने र एकै ठाउँबाट सबै कामहरु गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले खर्चको कमी र भ्रष्टाचारको अन्त्य पनि डिजिटल नेपालबाटै सम्भव रहेको बताए ।

उनले भने, ‘अहिले प्रधानमन्त्रीज्युले विशेष चासो र महत्त्व दिनुभएको भनेको डिजिटल नेपाल पहिलो एजेण्डा हो । डिजिटल नेपालको लागि मैले अहिले पोलिसीको बारेमा छलफल चलाइरहेको छु । डिजिटल नेपाल सफल पार्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भनेको हाम्रै संस्था हो । यसको पूर्वाधार जति बलियो हुँदै गयो, त्यसैले हामीले त्यो काम चाँडै सम्पन्न गर्नुपर्छ ।’

उनले प्रत्यक्ष रुपमा जनतासँग जोडिने ठाउँमा डिजिटल नेपालको प्रारम्भ सबैभन्दा पहिला गर्नुपर्ने बताए । गत असोज १२ र १३ गते देशभर अविरल वर्षाका कारण भएको नेपाल टेलिकमको क्षतिबारे बुझ्न मन्त्री गुरुङ शुक्रवार टेलिकममा पुगेका थिए । टेलिकमका कर्मचारीहरुले उनलाई बाढी, पहिरो र डुबानले तराई, पहाड र हिमाली क्षेत्रमा भएको क्षतिबारे जानकारी समेत गराएका छन् ।

बाढी, पहिरो र डुबानले देशभर ठूलो जनधनको क्षति भएको छ । मन्त्री गुरुङले टेलिकमको टावरहरु भएको क्षति र नेटवर्कको समस्याबारे पनि जानकारी लिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्