Shikhar Insurance
National Life

दशैँमा काठमाडौंमा खसी-च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ : व्यवसायी

सिंहदरबार संवाददाता
२०८१ आश्विन १८, शुक्रबार १५:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । खसी किलोको ७२० र च्याङ्ग्रा १३ सयसम्ममा विक्री गरिँदै नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैँ लागेसँगै काठमाडौंका बजारहरुमा व्यापार व्यवसायको चहलपहल तिब्र छ ।

दशैँमा नयाँ-नयाँ कपडा, दशैँका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडा लगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरु किनमेल गर्नेहरुको भीड बजारमा देख्न सकिन्छ । विपद्का कारण विगतको तुलनामा यस वर्ष केही कमी देखिएपनि दशैँको लागि तयारी तिब्र छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शहरहरुबाट गाउँ फर्किने र कामको सिलसिलामा बाहिर रहेका नेपालीहरु स्वदेशमा फर्किने क्रम पनि बढिरहेको छ । त्यसैले पनि बजार चलायमान बन्दै गएको छ । विपद्का कारण दशैँमा खसी, बोकाहरु कमी हुने हो की भन्ने चिन्ता आम सर्वसाधारणमा रहेको छ । तर कलंकी खसी बजार व्यवस्थापन समिति भने काठमाडौं उपत्यकामा विगत झैँ यस वर्ष पनि मासुको कमी हुन नदिने र आपूर्ति पुर्‍याउने बताउँछ ।

कलंकी खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले समिति बनाइ खसी विक्री वितरण गरेको ३१ वर्षसम्म काठमाडौं उपत्यकाको माग पूरा गरिरहेको र यस वर्ष पनि आपूर्ति पूरा गर्ने बताए ।

उनले यस वर्ष विपद्का कारण सडकहरुको अवस्था केही कठिन भएपनि पश्चिमबाट खसी, बोका र च्याङ्ग्राहरु ल्याउने काम भइरहेको बताए । उनले काठमाडौंमा मासुको व्यवस्थापन गर्न ३५/४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको बताए ।

विपी राजमार्गको अवरोधका कारण पूर्वी जिल्लाहरु र रामेछाप लगायतका जिल्लाहरुबाट भने खसी, बोका ल्याउन कठिनाइ हुने बताए । मूल्य पनि पोहोरकै आसपासमा खरिदविक्री हुने अनुमान रहेको र अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो ६ सयदेखि ७४० सम्म र च्याङ्ग्राको १३ सयसम्म रहेको बताए ।

रसुवा र तातोपानी नाका नखुलेसँगै च्याङ्ग्रा मुस्ताङबाट मात्रै ल्याउनुपरेकाले केही महंगो हुने बताउँदै विगतमा दशैँलाई मात्र लक्षित गरेर घटस्थापनादेखि नवमीसम्म ४५ हजार जति खसीबोका विक्री हुने गरेको र यस वर्ष पनि सोही आसपासमा विक्री हुने अनुमान गरेको बताए ।

उनले गत वर्ष खसी बजारबाट २५ हजार खसी, बोका, च्याङ्ग्रा, भेडा विक्री गरेको बताए । अहिले खसी,बोकाको माग काठमाडौंमा घटिरहेकाले त्यसको असर व्यापारमा परेको बताए । उनले उत्पादन बढ्ने तर माग घट्नुले केही समस्या आएको बताए ।

उनले भने, ‘चाडपर्वलाई लक्षित गरी विभिन्न जिल्लाहरुबाट काठमाडौंमा मासुको व्यवस्थापन गर्न ३५/४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने गरेका छौँ । वर्षा जारी रहे यहाँको माग पूर्ति गर्न केही कठिन हुने अनुमान छ । मूल्य पनि पोहोरकै आसपासमा खरिदविक्री हुने जस्तो हामीले सोचेका छौँ ।’

‘विगतमा दशैँलाई मात्र लक्षित गरेर घटस्थापनादेखि नवमीसम्म ४५ हजार जति खसीबोका बिक्थे भने अहिले खसी,बोकाको माग काठमाडौंमा घटिरहेको अवस्था छ । नेपाली उत्पादन बढेको छ, माग घटेको छ । कलंकी खसी बजारबाट भेडा, बोका, च्याङ्ग्रा, खसी गरेर कलंकी खसी बजारबाट २५ हजारको हाराहारीमा बेच्थ्यौँ भने यसपालि त्यही अनुपातको विक्रीको अनुमान गरेका छौँ’ उनले भने ।

खसी व्यापारी सन्तोष राईले आफूहरुले मुस्ताङको च्याङ्ग्रा बाटो बिग्रिएका कारण बेणीबाट ११ दिन लगाएर काठमाडौं ल्याएको बताए । उनले च्याङ्ग्रा जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेको बताए ।

उनले खसी ६ सयदेखि ७२० सम्म र बोका ६५० देखि ७ सयसम्म छ विक्री गरिरहेको बताउँदै भने, ‘च्याङ्ग्रा हामीले जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेका छौँ । खसी ६ सयदेखि ७२० सम्म छ । बोका ६५० देखि ७ सयसम्म छ । च्याङ्ग्रा वर्षमा एकपटक आउने भएकाले अलि महंगै पर्छ । बाटोमा पहिरो गएको छ, अहिले आउन गाह्रो छ । बेणीबाट ११ दिन लाग्यो । मुस्ताङबाट आएको च्याङ्ग्रा हो ।’

उनले च्याङ्ग्रा वर्षमा एकपटक आउने भएकाले अलि पर्न गएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्