Shikhar Insurance
National Life

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६१ हजार माथि

सिंहदरबार संवाददाता
२०८१ आश्विन १८, शुक्रबार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन १ सय रुपैयाँले बढेको सुन आज ४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको हो । यो हालसम्म कै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ६१ हजार ३ सय रुपैयाँमा किनबेच भएको छ । यो भन्दा अगाडि सुनको मूल्य १ लाख ६१ हजार २ सय रुपैयाँले कीर्तिमान रचेको थियोे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्