Shikhar Insurance
National Life

हकप्रद सेयर प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ आश्विन १८, शुक्रबार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ ।असोज १६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीले निष्कासन गर्न लागेको हकप्रद प्रस्ताव पारित गर्न विशेष साधारण सभा कात्तिक ७ गते आम्रपालि ब्याङ्केट, बालुवाटार, काठमाडौंमा बिहान १० बजे आव्हान गरेको हो ।

सभाले पूँजी वृद्धि गर्न हाल कायम रहेको चुक्ता पूँजीको ६२.५६ प्रतिशतको अनुपातले हकप्रद सेयर जारी गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल धितोपत्र बोर्डले गत शुक्रबार एनएलजी इन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको १००:६२.५ रेसियोको हकप्रद स्वीकृत गरेपश्चात कम्पनीले अन्य प्रक्रिया अन्तर्गत विशेष साधारण सभा आयोजना गरेको हो ।

साथै, विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज २२ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार असोज २१ गतेसम्म कायम सेयरधनीहरुले विशेष साधारण सभामा भाग लिन पाउँनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्