Shikhar Insurance
National Life

अरुण भ्यालीको साधारण सभा कात्तिक १४ गते, नगद लाभांशसहित बोनस सेयर प्रस्ताव पारित गर्ने

सिंहदरबार संवाददाता
२०८१ आश्विन १८, शुक्रबार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

कम्पनीको असोज १७ गते बसेको सञ्चालक समिति बैठकले कात्तिक १४ गते होटल क्रिस्टल पशुपती, गौशाला, काठमाडौंमा बस्ने गरी सभा बाेलाएकाे हाे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/८१ सम्मको खुद नाफा सहितको सञ्चितिघाट हाल कायम रहेको चुक्ता पूँजीको ०.१५७ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/८१ सम्मको शेयर प्रिमियम खुद मुनाफासहितको सञ्चितिबाट हाल सयम रहेको चुक्ता पुंजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा सत्ताईसौं वार्षिक साधारण सभा आव २०८०/०८१ को प्रयोजनको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ । लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८०र०८१ को वासलात, नाफा नोक्सान हिसाब र प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

बोनश शेयर पश्चात कम्पनीको जारी र चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरु संशोधन गर्ने र लिख खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तिय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा Corporate Guarantee दिने सम्बन्धमा सभामा छलफल हुने कम्पनीले जनाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्