Shikhar Insurance
National Life

धितोपत्र बोर्डमा अध्यक्ष छान्ने अन्तरवार्ता सुरु, चापागाँई नजाने

सिंहदरबार संवाददाता
२०८१ आश्विन १८, शुक्रबार ०८:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डको राेकिएकाे अध्यक्ष छान्ने प्रक्रिया पून सुरू भएकाे छ । बोर्डको अध्यक्ष  छान्नका लागि असोज १८ गते अर्थात आज अन्तरवार्ता सुरु भएको हाे । अर्थ मन्त्रालयले आजका लागि डाकेको अन्तरवार्ता बिहान ८ बजेबाट मन्त्रालयमा सुरु भएको हो । ८ नबज्दै नेपाल स्टक एक्सचेञ्जका सीईओ तथा बोर्ड अध्यक्षका प्रतिष्पर्धी कृष्ण बहादुर कार्की अर्थमन्त्रालय पुगिसकेका छन् ।

बोर्डका कार्यकारी निर्देशक तथा अध्यक्षका प्रतिष्पर्धी डा. नबराज अधिकारी पनि मन्त्रालय पुगिसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोर्ड अध्यक्ष बन्नका लागि टप पाँचमा छानिएकामध्ये डा. अधिकारी, कार्की र चिरञ्जीवी चापागाईँले यस अघिको अन्तरवार्ता बहिष्कार गरेका थिए । पाँच मध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठले भने अन्तरवार्ता पहिलेनै दिएका थिए ।

तत्कालिन बीमा समिति(हाल बीमा प्राधिकरण)का अध्यक्ष तथा बोर्ड अध्यक्षका अर्का प्रतिष्पर्धी चिरञ्जीवी चापागााईँले भने आफु अन्तरवार्तामा नजाने बताएका छन् ।

आफु अनुकुल पात्रलाई बोर्ड अध्यक्ष बनाउन रातभर शक्ति केन्द्रहरु सक्रिय थिए । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि व्यवसायीक समुहहरुको कर्पाेरेट वारका कारण यसपाली बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया विवादित बन्दै आएको छ ।

अध्यक्ष नियुक्ती प्रक्रिया र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणमा पाँच अर्ब कमिसनको खेल रहेको भन्दै अख्तियारमा उजुरी परेको छ । प्रधानमन्त्री केपी ओली स्वयंमले पाँच अर्ब कमिसनबारे सार्वजनिक अभिव्यक्ति दिएका छन् । अघिल्ला प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री बर्षमान पुनले त नयाँ स्टकको लाइसेन्सकै कारण सरकार ढलेको आरोप लगाउँदै आएका छन् ।

धितोपत्र बोर्डमा प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेल आमने–सामने

‘धितोपत्र बोर्ड अध्यक्ष बनाउन केपी ओलीले ५ अर्ब खान ठिक परेर बसेको हल्ला चलेको छ’ : केपी ओली

‘धितोपत्र बोर्डको अध्यक्ष बन्न ५ अर्ब मलाई कस्ले दिन्छ, किन दिन्छ?’ केपी ओली

GBIME

प्रतिक्रिया दिनुहोस्