Shikhar Insurance
National Life

दशैंको मुखमा सेयर बजारमा उत्साह, करिब १११ अंकले बढ्यो बजार

सिंहदरबार संवाददाता
२०८१ आश्विन १७, बिहीबार २०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । यो हप्ता ४ दिन सेयर कारोबार भएको छ । साताको ४ दिन सयेर कारोबार हुँदा अन्तिम दिन लगानीकर्ता निराश भएका छन् भने सोमबर र मंगलबार सेयर बजारमा उछाल आएको थियो । निकै उतावचढावको साथ यो साता ११०.७३ अंकले बजार बढेको छ । आइतबार देखि बुधबारसम्म ४ अर्ब ५४ लाख १७ हजार ३ सय ३४ कित्ता सेयर किनबेच हुँदा २२ अर्ब १६ करोड ७ लाख ३६ हजार १ सय ११ रुपैयाँ १७ पैसाको कारोबारा भएको थियो ।

साताको पहिलो कारोबार दिन अर्थात असोज १३ गते सेयर बजार दोहोरो अंकले घटेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.३६ अंकले घटेर २४६४.४को बिन्दुमा पुगेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइताबार ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८ सय ८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार ३६ रुपैयाँको कारोबार भएको थियो ।

आइतबार ४६ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । साथै, आइतबार विन नेपाल लघुवित्तको सेयर मूल्य ६.५५ प्रतिशतले बढेको छ भने अप्पार स्यांङ्ग हाइड्रोपावरको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको थियो ।

साताको दोस्रो कारोबार दिन अर्थात असोज १४ गते सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ को बिन्दुमा बजार बन्द भएको थियो ।

सोमबार ३१९ कम्पनीको ९७ लाख १७ हजार ९ सय ५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९ सय ३५ रुपैयाँको कारोबार भएको थियो ।

सोमबार २१० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । साथै, सोमबार १ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने प्रभु सेलेक्ट फण्डको सेयर मूल्यमा ९.३६ प्रतिशतले घटेको छ ।

साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ को बिन्दुमा पुगेको थियो ।

मंगलबार ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार २४३ कम्पनीको सेयर मूल्य बढ्दा १ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । मंगलबार २५ कम्पनकिो सेयरमा सकरात्मक सर्किट लागेको थियो भने एनएमबी ५० को सेयर मूल्य ३.८६ प्रतिशतले घटेको थियो ।

साताको चौथो कारोबार अर्थात अन्तिम कारोबार दिन (असोज १६ गते) सेयर बजार दोहोरो अंकले घटेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २६.०७ अंकले घटेर २५९७.४९ के बिन्दुम पुगेर बजार बन्द भएको थियो ।

बुधबार ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७ सय ६३ कित्ता करोबार हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८ सय ८१ रुपैयाँको कारोबार भएको थियो ।

बुधबार ५४ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीके सेयर मूल्य स्थिर रहेको थियो । बुधबार २ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्