काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्वसूचना विपरित यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धाम छानविन भइरहेको बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै रात्रिकालिन बस चलाइएको भन्दै सो विषय खोजीको विषय भएको बताएका हुन् ।
उनले विपद् भएका ठाउँमा सम्बन्धित प्रहरी निकायहरुले बस नरोकेको भन्दै त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया अगाडी बढेको जानकारी दिए । उनले वैकल्पिक राजमार्गबाट यात्रुहरुलाई काठमाडौं बाहिर जानुपर्दा यातायात व्यवसायीले केही रकम बढी लिनु स्वभाविक भएको भन्दै अध्याधिक भाडा बढाएमा भने अनुगमन हुने बताए । उनले अवरुद्ध सडक सञ्जाल सुचारु गर्न प्रयास भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्