Shikhar Insurance
National Life

बेलिब्रिज बगाएपछि वैकल्पिक मार्गको खोजी

सिंहदरबार संवाददाता
२०८१ आश्विन १७, बिहीबार १६:३३
Hyundai
NCELL
NIMB

ताप्लेजुङ । पाँचथरको हेवाखोलास्थित बेलिब्रिज बाढीले बगाएपछि ताप्लेजुङको आवागमन ठप्प भएको छ । आवागमन रोकिएपछि वैकल्पिक मार्गको खोजी सुरु गरिएको छ । वैकल्पिक मार्गको रूपमा फुङलिङ–बहानन्दे–दोभान–हाङपाङ हुँदै तेह्रथुमको आठराई सङ्क्रान्तिबाट मध्यपहाडी राजमार्ग प्रयोग गरेर तराई निस्कने योजना अघि बढाइएको हो ।

वैकल्पिक मार्ग सञ्चालन गर्न ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू र तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमलिम्बूले पहल गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष पोमूले बाटोको अवस्था ठीकै रहेको र ठाउँ–ठाउँमा मर्मत गर्नुपर्ने भएपनि दुवै गाउँपालिकाले सहयोग गरी यातायात सञ्चालन गर्न सकिने बताए । आठराई गाउँपालिकाले तेह्रथुमतर्फको भागको मर्मत सुरु गरेको छ भने आठराई त्रिवेणीले ताप्लेजुङतर्फको बाटो मर्मत गरिरहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्