Shikhar Insurance
National Life

भारत सरकारको १५ अर्ब अनुदानमा चितवनसम्मै पाइपलाइनमा तेल, काठमाडौंमा तेल सस्तिने

सिंहदरबार संवाददाता
२०८१ आश्विन १७, बिहीबार १६:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । भारत सरकारको सहयोगमा पेट्रोलियम पाइपलाइनको थप विस्तार हुने भएको छ । भारत सरकारको १५ अर्ब रुपैयाँ सहयोगमा पाइपलाइन विस्तार हुने भएको हो ।

भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विस्तार हुने भएको हो । यस्तै झापाको चारआलीमा १८ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल बन्ने बएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ । चितवनसम्म पाइपलाइन आइपुग्दा काठमाडौंमा समेत पेट्रोलियम पदार्थको मूल्य कम हुने अनुमान गरिएको छ ।

यसैगरी चितवनको लोथरमा ९१ हजार किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण गर्ने योजना छ ।

नेपाल आयल निगम लि. का कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशन लि. का डाइरेक्टर सेन्थल कुमारका बीच भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेशन लि. का अध्यक्ष भि. सतिस कुमारको समुपस्थितिमा पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण कार्यका लागि बीटुबी (B2B Framework Agreement) मा हस्ताक्षर भारतको नयाँ दिल्लीमा सम्पन्न भएको हो ।

यस्ता छन् सम्झौताका मुख्य बुदाँहरु

१. भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८,९०० किलोलिटर क्षमताको Smart ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने ।

२. नेपालको अमलेखगंजवाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुने ।

३. चितवनको लोथरमा ९१,९०० किलोलिटर क्षमताको Smart ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्