Shikhar Insurance
National Life

गरिब र द्वन्द्वपीडितलाई नि:शुल्क पठनपाठन गराउँदै तुलसीपुर

सिंहदरबार संवाददाता
२०८१ आश्विन १७, बिहीबार १३:१८
Hyundai
NCELL
NIMB

दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति माध्यमिक विद्यालय हरीपौरीले गरिब तथा द्वन्द्वपीडित विद्यार्थीलाई नि:शुल्क पठनपाठन गराउँदै आएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार विद्यालय व्यवस्थापन समितिले गरिब, द्वन्द्वपीडितलगायत आर्थिक अवस्था कमजोर भएकालाई नि:शुल्क पठनपाठन गराउने निर्णय गरेको हो । गरिब, जेहेन्दार, द्वन्द्वपीडित, पिछडिएको वर्ग तथा वडा कार्यालयको सिफारिसमार्फत आउने अन्य विद्यार्थीलाई नि:शुल्क पठनपाठन गराउँदै आइएको अध्यक्ष अधिकारीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोही विद्यालयबाट एसइई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीलाई प्रमाणपत्र निकाल्न पनि कुनै शुल्क नलाग्ने निर्णय गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । लक्षित विद्यार्थीको आर्थिक अवस्था कमजोर हुने भएकाले यो निर्णय गरी कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । उक्त विद्यालयमा कक्षा १२ सम्म व्यवस्थापन सङ्कायमा कक्षा सञ्चालन भइरहेका छन् ।

कक्षा ११ र १२ सञ्चालन भएको चार वर्ष भएको बताउँदै अध्यक्ष अधिकारीले एक जना राहात र एकजना स्थायी शिक्षक मात्रै रहेका जानकारी दिए । ‘ँव्यवस्थापन सङ्काय सञ्चालन भएको चार वर्ष भयो, अहिलेसम्म शिक्षक अभाव छ’ उनले भने ‘निजी स्रोतबाट शिक्षक ल्याएर पढाउनुपर्ने अवस्था छ ।’ निजी स्रोतका शिक्षकलाई वार्षिक रु ११ लाख तलब दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

कक्षा ११ र १२ का विद्यार्थीबाट केही शुल्क लिने गरिएकाले निजी शिक्षकलाई तलब खुवाउन सकिएको अध्यक्ष आधिकारीले बताए । निजी शिक्षकलाई तलब खुवाउँदा वार्षिक ५ लाख घाटा हुने बताउँदै उनले अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट सङ्कलन भएको रकमबाट घाटा पूर्ति गर्ने गरिएको जानकारी दिए ।

यस विषयमा पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको भन्दै अध्यक्ष अधिकारीले हालसम्म कुनै सुनुवाइ नभएको उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्