Shikhar Insurance
National Life

८९ लाख लागतमा म्याग्दीमा बन्यो स्वास्थ्यचौकी

सिंहदरबार संवाददाता
२०८१ आश्विन १७, बिहीबार १२:३७
Hyundai
NCELL
NIMB

म्याग्दी । धवलागिरि गाउँपालिका–४ मुदीमा ८९ लाखको लागतमा सात कोठाको दुईतले स्वास्थ्यचौकी भवन निर्माण भएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाअध्यक्ष यामप्रसाद घर्तीले नयाँ भवनबाट सेवा सञ्चालन गरिएको जानकारी दिए ।

‘वडा कार्यालय र स्वास्थ्यचौकी साँघुरो भवनबाट सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको थियो’ उनले भने ‘स्वास्थ्यचौकी निर्माण भएपछि सेवा प्रवाह सहज भएको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सातवटा वडा रहेको धवलागिरि गाउँपालिकाले अघिल्लो वर्ष वडा नं १ गुर्जा र वडा नं ३ मुनामा पनि स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गरेको थियो । वडा नं ७ ताकममा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माणाधीन छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्