Shikhar Insurance
National Life

सम्पत्ति शुद्धीकरणमा नियम विपरीत जाने बैंकलाई ५ करोडसम्म जरिवाना लाग्ने

सिंहदरबार संवाददाता
२०८१ आश्विन १७, बिहीबार ११:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । सम्पत्ति शुद्धीकरणमा मनमानी गर्ने बैंक तथा वित्तीय संस्थालाई ५ करोडसम्म जरिवाना हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन २०८० माथि संशोधन गर्दै विषयको गाम्भीर्यता र सूचक संस्थाको प्रकृतिअनुसार १० लाखदेखि ५ करोड रुपैयाँ जरिवाना हुने भएको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरणको विषयमा बैंक तथा वित्तीय संस्थालाई कारबाही वा सजाय भएमा र त्यस्तो सजाय उक्त संस्थाको कुनै पदाधिकारी वा कर्मचारीको काम कारबाहीको कारणले भएको देखिएमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रचलित कानुन वा संस्थाको विनियमावली बमोजिम कारबाही गर्नु पर्नेछ भन्ने व्यवस्थामा नयाँ व्यवस्था थप गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकहरुले उक्त कारबाही नगरेमा नेपाल राष्ट्र बैंकले त्यस्तो पदाधिकारी वा कर्मचारीलाई कारबाही गरी त्यसरी कारबाही नगर्ने संस्थाको संचालक वा सम्बन्धित पदाधिकारीलाई परिपालनाको अवस्था, विषयको गाम्भीर्यता र सूचक संस्थाको प्रकृतिअनुसार १० लाख रुपैयाँदेखि ५ करोड सम्मको जरिवाना वा पदबाट हटाउने वा दुवै कारबाही गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व धारण गर्ने कानुनी व्यक्ति (कम्पनी, संस्था) को हकमा सो कानुनी व्यक्तिको पन्ध्र प्रतिशत वा सो भन्दा बढी सेयर धारण गर्ने सेयरधनीको व्यक्तिगत विवरण (नाम, थर, पतिरपत्नी, बाबु, बाजेको नाम, स्थायी ठेगाना, हालको ठेगाना, टेलिफोन नं, मोबाइल नं, इमेल ठेगाना) संकलन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्