Shikhar Insurance
National Life

नेपालमा बनेको ‘हुन्डाई भेन्यू ई’ को बिक्री वितरण सुरु, ३ वर्ष वारेन्टीसहित १० वर्षसम्म नि:शुल्क सर्भिसिङ

सिंहदरबार संवाददाता
२०८१ आश्विन १७, बिहीबार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी मोटर कर्पोरेशनले भेन्यू ई भेरियन्टको उत्पादन सुरु गरेको छ । कर्पोरेशनले २०२४ मे बाट भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो ।

कम्पनीले नेपालमा हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन सुरु गरिएसँगै हुन्डाई नेपाल स् मेड फर युअर जर्नी क्याम्पेन पनि सुरु गरेको थियो । हालसम्म करिब २५० गाडी आफ्ना डिलरमार्फत बिक्री गरिसकेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हुन्डाई भेन्यू ईको प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४० लाख ९६ हजार कायम गरिएको छ । यद्यपि यसमा हाल चलिरहेको दशैंतिहारलक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ ।

हाल नेपालमा उपलब्ध भेन्यूका अरू भेरियन्टहरूको मूल्य भेन्यू (एस) १.२ को ४४ लाख ९६ हजार र भेन्यू (एसएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ । कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्यूमा १० वर्षको नि:शुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो । नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्