Shikhar Insurance
National Life

सानिमा सेक्यूरिटीजको साधारण सभा कात्तिक १३ गते, यस्ता छन् एजेण्डा

सिंहदरबार संवाददाता
२०८१ आश्विन १७, बिहीबार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समिति बैठकले सभा कात्तिक १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय, पुतलीसडक २८, काठमाडौंको सभाकक्षमा बस्ने निर्णय गरेको हो ।

सभामा दोश्रो वार्षिक साधारणसभाका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण (वासलात), आव २०८०/०८१ को नाफा(नोक्सान विवरण तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

सभामा आव २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारीश्रमिक निर्धारण गर्ने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने तथा सोको लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुका साथै, प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरवदल सुझाव भएमा सो अनुसार आवश्यक फेरवदल गर्न संचालक समितिलाई अख्तियारी दिने कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्