बनियानी । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा ५ करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा ५ करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
झापा गाउँपालिका ४०.५ हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा १ करोड ७७ लाख ९२ हजार तीन सय, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर १ करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा गरी १ करोड ७५ लाख ७३ हजार छ सय बराबरको क्षति भएको छ ।
‘हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ’, उनले भने ‘विवरण सङ्कलन जारी छ ।’ केन्द्रका प्रमुख सागर विष्टले भने ।
प्रतिक्रिया दिनुहोस्