Shikhar Insurance
National Life

टीभीएस नेपालको दशैँ अफर : आकर्षक छुट, क्यासब्याकसहित शून्य प्रतिशत ईएमआई सुविधा

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । दसैँको अवसरमा, टीभीएस नेपालले ँमहा एक्सचेन्ज मेलाँको आयोजना गर्ने भएको छ । मेला मार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको हो ।

मेला असोज १५ गतेदेखि २० गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने भएको छ । टीभीएस महा एक्सचेन्ज मेलामा ग्राहकहरूले बृहत्त सुविधा, रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीेले दाबी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मेलामा उपभोक्ताले कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ टीभीएसका सवारी साधन साटेर घर लैजाने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

विशेष दसैँ अफरहरू:

पूर्व–खरिद अफरहरू: दशैँका अवसरमा कम्पनीले खरिद गर्नु अघि नै उपभोक्ताका लागि ५ लाखसम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्ने छ । त्यसैगरी खरिद गर्दा १० लाखसम्मको छुट पाउने अवसर र साप्ताहिक क्याश ब्याक अफर अन्तर्गत हरेक सातो १०० प्रतिशत क्यासब्याक जित्ने अवसरपनि उपलब्ध गरिने जानकारी कम्पनीले दिएको छ ।

साथै, दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ । त्यसैगरी, ६० मिनेटमा स्पेयर पार्ट्स डेलिभरी र पिक एन्ड ड्रप सेवापनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ ।

आकर्षक अफरहरू:

उच्चतम मूल्याङ्कनको ग्यारेन्टी: मेलामा २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताहरू हुनेछन्, तिनले उपभोक्ताका पुराना दुई पाङ्ग्रे सवारी साधनको लागि उच्चतम मूल्य सुनिश्चित गर्नेछन् । यो एक्सचेन्ज अफरले उपभोक्तालाई अधिकतम फाइदा दिँदै तिनलाई मनपर्ने टीभीएस मोडलमा अपग्रेड गर्न सहज अवसर प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

टेस्ट राइड र निश्चित उपहार: मेलामा टीभीएस बाइक वा स्कुटरको रोमाञ्चक अनुभव लिने अवसर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, टेस्ट राइडमा सहभागी हुने उपभोक्ताहरुका लागि निश्चित उपहारहरूको समेत व्यवस्था रहने कम्पनीले जनाएको छ । मेला मार्फत आयोजकले टीभीएसका छानिएका मोडलहरूमा ० प्रतिशत ईएमआईको सुविधा उपलब्ध गराउने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्