Shikhar Insurance
National Life

सन नेपाल लाइफले गर्यो स्थानान्तरित शाखाको समुद्घाटन

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १७:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखाले स्थानान्तरित शाखाको समुद्घाटन गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राज कुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रुपेन्द्र राज शाक्यद्वारा संयुक्त रुपमा सो शाखाको समुद्घाटन भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख भुवन केसी, कर्मचारीहरु तथा सिनियर एजेन्सी मेनेजर लगायत अभिकर्ताहरु सामेल भएका थिए ।

ग्राहकलाई अझ बढी छिटो जीवन बीमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नती गरी स्थानान्तरण गरिएको र आगामी दिनहरुमा ग्राहकमुखि सेवा दिंदै जाने कम्पनीको उद्देश्य रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्