काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यले २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बुधबार सो कार्यक्रम सम्पन्न गरेको हो ।
नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षकहरूले प्रदान गर्नुभएको उक्त प्रशिक्षण, कर्मचारीहरूका लागि कार्यस्थलमा आफ्ना सहकर्मीहरू र अन्य आन्तरिक तथा बाह्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम गरी उत्कृष्ट कार्यसम्पादन गर्ने र उक्त कार्य गर्नमा आफूमा के –कस्ता परिवर्तनहरू ल्याउन आवश्यक पर्छ भन्ने विषयमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले प्रशिक्षणमा प्रदान गरिएको ज्ञान तथा सीपलाई कार्यस्थलमा कार्यान्वयन गर्न , कर्मचारीहरू बिच सुमधुर सम्बन्ध कायम राख्न, व्यक्तिगत मूल्य र मान्यताको कदर गर्नका साथै कर्मचारीको कार्यदक्षता वृद्धि तथा विकाश हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्याक अफिस र फ्रन्ट अफिसमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्