Shikhar Insurance
National Life

वर्षाका कारण टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १६:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेको छैनभने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) र एनसेल आजिअटा लिमिटेड (एनसेल) को मात्र करिब २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ ।

‘एनटिसीको करिब १५ करोड र एनसेलको करिब सात करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरुबाट विवरण सङ्कलन भइसकेकामा यस्ता कम्पनीहरुको करिब साढे ७ करोड बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क छ’, प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालले भने । इन्टरनेट सेवा प्रदायकहरुबाट थप क्षतिको विवरण सङ्कलन भइरहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बाढीपहिरो, डुबान, चट्ङ्याङलगायत समस्याबाट विद्युत् आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो । विद्युत आपूर्ति सहज भएसँगै क्रमश: दूरसञ्चार सेवा पनि पुन: सञ्चालनमा आएको डा पौड्यालको भनाइ छ ।

पोल ढल्ने, तार चुँडिनेलगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा सुरु गर्न कम्पनीहरुलाई निर्देशन दिइसकेको पनि उनले जानकारी दिए । टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्