Shikhar Insurance
National Life

इरानको २०० हाइपरसोनिक मिसाइल इजरायलले पार्यो ध्वस्त, प्रधानमन्त्री भन्छन् ‘तेरानले महँगो मूल्य चुकाउनुपर्छ’

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १६:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । इजरायलले हमास र हिज्बुल्लाहमाथी आक्रमण बढाउन थालेपछि इरान रुष्ट बनेको छ । प्रतिसोधमा इरानले मंगलबार बेलुका २ सय वटा भन्दा बढी हाइपरसोनिक मिसायल आक्रमण गरेको हो ।

इरानले पहिलोपटक हाइपरसोनिक मिसायल आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यसअघि ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमण मात्रै गर्ने गरेको इरानले यो पटक हाइपरसोनिक मिसाइल नै आक्रमण गरेको हो । ब्यालेष्टिक मिसाइलमा दुरी र टार्गेट सेट गरेपछि यसमा पछि परिवर्तन गर्न मिल्दैन भने हाइपरसोनिक मिसाइल पुर्ण रुपमा कन्ट्रोल गरी दुरी र टार्गेट घटाउन वा बढाउन सकिने खालको हुन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबारको आक्रमणबाट केहि व्यक्तिहरु घाइते भएपनि ठूलो मानविय क्षति नभएको इजरायलले जनाएको छ । अमेरीकी प्रविधिमा आधारित आइरन डोमले सबै मिलाइलहरुलाई आकारमै ध्वस्त पारेको इजरायलले जनाएको छ ।

इरानको आक्रमणपछि इजलाइली प्रधानमन्त्री बेन्जामिन नतन्युहले इरानले यसको महँगको मूल्य चुकाउनु पर्ने बताएका छन् । इजराइलले अहिले गाजा र लेवलानमा हिज्बुल्लाह र हमाससँग युद्ध लडिरहेको छ । लेवलानमा हिज्बुल्लाहमाथी हवाई तथा फिल्ड आक्रमण सुरु गरेपछि इरानको एग्रेसन बढेको हो ।

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले तेल अवीव र यस क्षेत्र वरपरका “तीनवटा सैन्य आधार“लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको इरानी मिडियाले पुष्टि गरेको छ । इजरायली सेनाले इरानले आफ्नो क्षेत्रमा करिब १८० वटा क्षेप्यास्त्र प्रहार गरेको जसमध्ये अधिकांशलाई रोकिएको बताएको छ ।

सन् २०२३ को जुनमा इरानले एक मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइलको अनावरण गरेको थियो, जुन ध्वनिको गतिभन्दा १५ गुणा हाइपरसोनिक गतिमा यात्रा गर्न सक्षम छ । तत्कालीन राष्ट्रपति इब्राहिम रायसीले उक्त हतियारले इरानको प्रतिरोधको शक्ति बढाउने बताएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गरेको क्षेप्यास्त्र आक्रमण “ठूलो गल्ती” भएको बताएका छन् । रिभोलुसनरी गार्ड्सले मिसाइल हमलालाई जुलाईमा हमास नेता इस्माइल हनियाह, साथै हिजबुल्लाह नेता हसन नसरल्लाहको शुक्रबार गरिएको हत्याको बदला भएको बताएको छ ।

इजरायलमाथी हमासले अक्टोबर ७ मा १२ सय जना इजराइलीहरुको मृत्यु हुनेगरी आक्रमण गरेपछि हमासमाथी निरन्तर आक्रमण गरिरुहेको छ । हमासमाथी आक्रमण गर्ने क्रममा ५० हजारभन्दा बढी प्यालेस्टेनीहरुको मृत्यु भैसकेको छ । हमासलाई सघाउनेगरी हिज्बुल्लाहले आक्रमण सुरु गरेपछि इजराइल आक्रामक बनेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्