Shikhar Insurance
National Life

चेम्बरले बाढीपहिरो पीडितलाई सहयोग गर्ने

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १६:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत साता आएको बाढीपहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ । चेम्बर अफ कमर्स अन्तर्गत गठित विपद व्यवस्थापन परिषदको बैठकले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै विपद व्यवस्थापनमा सघाउने निर्णय गरेको हो ।

परिषदका सभापति तथा चेम्बरका बरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राका अनुसार बैठकले गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिको बैठकबाट भएको निर्णयहरुलाई परिपालना गरि सहयोग गर्ने प्रतिवद्धता जनाउने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘विपदको घडीमा उद्धार र राहतका निमित्त निजी क्षेत्रले सरकारसँग हातेमालो गर्दै क्षति न्यूनीकरणमा पनि सहकार्य गर्ने निर्णय भएको छ’ परिषदका सभापति मल्होत्राले भने ‘नेपालीहरुको चाडपर्व पनि नजिकै आएको यो समयमा निजी क्षेत्र थप सक्रिय र जिम्मेवार भएर पीडितहरुको सेवामा लाग्नुपर्ने अवस्था छ ।’

मल्होत्राका अनुसार अविरल वर्षाको कारणबाट राज्यमा भएको भौतिक एवं मानवीय क्षतिको एकीन तथ्यांक संकलनसँगै आउँदा दिनमा यस्ता प्रकोपबाट बच्न पूर्वतयारी लगायतका विषयमा पनि सरकारसँग चेम्बरले सहकार्य गर्नेछ । परिषद् बैठकमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ललगायत सहभागी थिए ।

यसअघि विपद व्यवस्थापन परिषदमा मनोनित भएका सदस्यहरुलाई परिषदका सभापति मल्होत्राले स्वागत गरेका थिए । गृह मन्त्रालयबाट गठित विपद व्यवस्थापन समितिमा नेपाल चेम्बर अफ कमर्स हाल पदेन सदस्यको रुपमा रहेको छ । परिषदका सदस्यहरुले राज्यको विपद घडीमा विपद व्यवस्थापनमा निजी क्षेत्रबाट सहयोग एवं सद्भाव जनाउने प्रतिवद्धता जनाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्