Shikhar Insurance
National Life

भूमिव्यवस्था मन्त्री अधिकारी र सचिवबीच कार्यसम्पादन सम्झौता

सिंहदरबार संवाददाता
२०८१ आश्विन १६, बुधबार १६:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोख्रेलबीच कार्यसम्पादन सम्झौता भएको छ । भदौँ २७ गते मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।

सोही सम्झौतालाई आधार मानेर मन्त्रालय भित्रबाट गर्नुपर्ने कामखी बनाउन मन्त्री अधिकारी र सचिवबिच सम्झौता भएको हो । यो आर्थिक बर्षभित्र भूमि ब्यवस्था, सहकारी र गरिवी निवारण क्षेत्रका ६० वटा महत्त्वपुर्ण कामहरु सम्पन्न गर्ने उद्देश्य कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रालय मातहतका सह—सचिव र बिभागीय प्रमुखहरुको उपस्थीति रहेको कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालयले लिएका लक्षित उद्देश्य सामुहिक प्रयासबाट सम्भव हुने भएकाले आ आफनो तहबाट जिम्मेवार, पारर्दशी र नतिजामुखी भएर काम गर्न निर्देशन दिए । योजनाहरु बन्ने तर अपेक्षाकृत कार्यान्वयन नहुने अवस्थाले मन्त्रालयको गरिमा नबढ्ने मन्त्री अधिकारीको भनाई छ ।

सचिव पोख्रेलले कार्यसम्पादनमा उल्लेखित ६० वटै बिषय कार्यान्वयनमा आफु प्रतिवद्ध रहेको उल्लेख गदैं भूमि आयोग गठन गरी भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोवासीहरुको ब्यवस्थापन, सहकारी क्षेत्रमा देखिएका समस्याहरु क्रमिकरुपमा समाधान गर्ने र गरिवी निवारणका क्षेत्रमा आसा जगाउने गरी काम गर्ने सचिव पोख्रेलको भनाई छ ।

सचिव अधिकारीले यो कार्यसम्पादन सम्झौतामा उल्लेखित बिषयहरु कार्यान्वयनमा लैजानका लागि सम्वन्धीत महाशाखा र बिभागसँग पनि आफुले कार्यसम्पादन सम्झौता गरि निरन्तर पहलकदमी लिने प्रतिवद्धता जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्