Shikhar Insurance
National Life

कोरोना असर: पुष्प व्यवसायमा दैनिक एक करोड नोक्सान

सिंहदरबार संवाददाता
२०७८ असार २, बुधबार ०९:०९
Hyundai
NCELL
NIMB

काठमाडौँ । कोभिड–१९ को दोस्रो लहरका कारण पुष्प व्यवसायले अहिले दैनिक करिब १ करोड नोक्सान बेहोर्नुपरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत एक वर्षदेखि आम्दानी गर्न सकेको छैन र उल्टो दैनिक करिब १ करोड नोक्सान बेहोरिरहेको छ ।

त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय विस्तारै खुला हुन थालेका छन् तर यो क्षेत्र कहिले खुल्ने र व्यासायले गति लिने विषय अन्योल नै छ । अहिले मठ मन्दिर, होटल, पार्टी प्यालेस र पर्यटन व्यवसाय सञ्चालनमा नआएकाले यस क्षेत्रले नोक्सानको सामना गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । उनका अनुसार कोरोना महामारी नहुँदा सामान्य समयमा फूलको दैनिक १ करोडभन्दा बढीको कारोबार हुने गरेको थियो तर अहिले मुस्किलले २ लाखसम्मको मात्र कारोबार हुन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष श्रेष्ठले गुनासो पोख्दै भने, “अहिले पनि केही फूलहरु भारतबाट ल्याइएका छन् तर लकडाउन भन्दै स्वदेशमा उत्पादन भएका फूललाई स्थान छैन । त्यसका लागि परिचयपत्रको व्यवस्था गरी एक स्थानबाट अर्को स्थानमा सहज आवतजावत गर्ने व्यवस्था गरी व्यवसायलाई सामान्यरूपमा भने पनि सञ्चालन गर्ने व्यवस्था गरिदिनुप¥यो ।”

उनका अनुसार फूलको कारोबार अत्यन्त कम हुने गर्दछ, नहुने नै भन्ने हुँदैन । “अहिले जति फूल प्रयोगमा आएका छन् ती सबै स्वदेशी उत्पादनकै प्रयोग हुन पाए थोरै भए पनि व्यवसाय चलायमान हुने थियो”, उनले भने । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्